११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

कोजाग्रत पूर्णिमाका दिन बाँकेमा ७४जना दशैंको टीका थाप्न घर पुग्दै



नेपालगन्ज । बाँकेका ७४ जनाले दशैंको अन्तिम दिन कोजाग्रत पूर्णिमाका दिन घरको टीका लगाउन पाउने भएका छन् । आइसोलेसन अवधि पुरा गरेर शुक्रबार ७४ जना डिस्चार्ज हुने भएपछि उनीहरुले घरको टीका थाप्न पाउने भएका हुन् ।

स्वास्थ्य कार्यालयका अनुसार उनीहरु डिस्चार्ज भएर घर फर्केपनि भौतिक दुरी र स्वास्थ्य सुरक्षा भने कायम गर्नु पर्ने छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो परिपत्रको बिना लक्षण १० दिन आइसोलेसन बसेकालाई थप ७ दिन होम आइसोलेसनमा बस्ने गरि डिस्चार्ज गर्ने नीति अनुसार उनीहरुलाई डिस्चार्ज गरिएको बाँके जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्रका कोरोना फोकलपर्शन नरेश श्रेष्ठले बताए ।

बाँकेमा आज डिस्चार्ज भएसँगै २७८६ जना डिस्चार्ज भएका छन् । बाँकेमा ३०७७ जनामा संक्रमण पुष्टि भएकोमा ३० जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार  ९ : ०७ बजे

साताको पहिलो दिन नेप्सेमा हरियाली, सूचक २७ अंकले उकालो

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार शेयरबजारमा उत्साह देखिएको

करको दर घटाउन र दायरा बढाउन सरकारसंग उद्योगी–व्यवसायीहरुको माग

बुटवल । रुपन्देहीका उद्योगी व्यवसायीहरुले करको दर घटाउन र दायरा

दुर्गा प्रसाईंविरुद्ध पर्सा अदालतमा अभियोग दायर

काठमाडौं । राजावादी अभियन्ता एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईं विरुद्ध

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठ)

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का

बौद्ध सजगताः तनाव व्यवस्थापनको वैज्ञानिक उपाय

लुम्बिनी । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को सन् २०२१ मा