६ पुस २०८२, आइतबार | December 21, 2025

बुटवल ८ का ५५ वर्षीय कोरोना संक्रमितको कोरोना बिशेष अस्पतालमा मृत्यु



बुटवल । बुटवलमा थप १ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार गत कार्तिक १ गते संक्रमिण पुष्टि भएर कोरोना बिशेष अस्पताल भर्ना भएका बुटवल ८ का ५५ वर्षिय पुरुषको मृत्यु भएको हो ।

गत कार्तिक १ गते स्वास्थ्यमा समस्या देखिएपछि लुम्बिनी प्रादेशिक अस्पताल पुगेका उनीमा कोरोना पुष्टि भएलगत्तै कोरोना बिशेष अस्पताल पठाईएको थियो । उपचारको सबै बिधि अपनाउँदा पनि बचाउन नसकिएको प्रादेशिक अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले बताए ।

उनीमा यस अघिनै उच्च रक्तचापको समस्या रहेको अस्पतालले जनाएको छ । आज मृत्यु भएसँगै रुपन्देहीमा मृत्यु हुनेको संख्या ७२ पुगेको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार  १० : १० बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा