२० माघ २०८२, मंगलबार | February 3, 2026

भारतीय नागिरकलाई नेपाली नारिकता सिफारिस गर्ने वडाअध्यक्ष पक्राउ



धनगढी । भारतीय नागिरकलाई नेपाली नागरिकता दिलाउन सिफारिस दिने धनगढी उपमहानगरपालिकाका एक वडाध्यक्ष पक्राउ परेका छन्।

कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष गणेशप्रसाद जोशीलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले वडाध्यक्ष जोशीलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

भारतीय नागरिक अलियास अन्सारीलाई नागरिकता दिलाउन सिफारिस गरेको आरोपमा उनी पक्राउ परेका हुन्।

२०७५ फागुन २० मा वडा नम्बर १२ कै हिम्मतपुर शिविरका पुनिराम चौधरीले नक्कली बाबु बनेर भारतीय नागरिक अन्सारीको नागरिकता बनाउन वडाअध्यक्ष जोशीलाई अनुरोध गरेका थिए ।

त्यसपछि जोशीले नक्कली बुवा बनेको सिफारिस गरेको प्रमाण भेटिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कायालयले कैलालीले जनाएको छ । नक्कली बाबु हाल फरार छन् भने भारतीय नागरिक अन्सारी टीकापुरमा बस्छन् ।

यसै अभियोगमा प्रहरीले चौधरीका दाजु खुसीराम चौधरीलाई पनि पक्राउ गरेको छ । भाउजू गीता चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

अन्सारीले १ लाख रुपैयाँ दिएपछि चौधरीले उनलाई नक्कली छोरा बनाएका थिए ।

 

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार  ११ : ०० बजे

श्रमिक ठगी गर्न बनेका कार्यविधि खारेज गरिने

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले श्रमिक

प्रतिनिधिसभा निर्वाचन : महोत्तरी-३ मा ४१ उम्मेदवार चुनावी मैदानमा

जलेश्वर  । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरीको निर्वाचन क्षेत्र नं

सम्बन्ध सहकारीद्वारा स्थापना दिवसमा साधना विद्यालयलाई शैक्षिक सामग्री प्रदान

बुटवल । बुटवल-११ देवीनगरस्थित सम्बन्ध बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो

शान्ति-सुरक्षा कायम गर्न अपराधविरुद्ध कडाइका साथ उत्रिन्छौं : डीएसपी श्रीवास्तव

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलमा हालै सरुवा भई आएका

भूमध्यसागरमा चक्रपात ह्यारीको कारण एक हजारको मृत्यु

रोम । सन् २०२६ को जनवरीमा मात्र मध्य भूमध्यसागरीय क्षेत्रमा