११ फाल्गुन २०८२, सोमबार | February 23, 2026

ग्रीस र टर्कीमा शक्तिशाली भूकम्प, २२ जनाको मृत्यु



एजेन्सी । टर्की र ग्रीसमा गएको शक्तिशाली भूकम्पका कारण कम्तीमा २२ जनाको ज्यान गएको छ । टर्कीको एजियन तटीय क्षेत्र तथा ग्रीसको उत्तरी क्षेत्रमा रहेको सामोस आइल्याण्ड नजिक केन्द्रविन्दु भएर सात म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पका कारण सो क्षेत्रका घरहरु भत्किएका छन् । अहिलेसम्म कम्तीमा २२ जनाको शव भेटिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

भूकम्पको केन्द्रविन्दु टर्कीको इज्मिर प्रान्तमा रहेको अमेरिकी जिओलोजिकल सर्वेले जनाएको छ ।

टर्कीले भने भूकम्प ६.६ म्याग्निच्युडको मात्रै रहेको बताएको छ । भूकम्पका कारण टर्कीमा २० तथा ग्रीसमा दुईजनाको ज्यान गएको पुष्टि भएको हो । भूकम्पपछि तटीय क्षेत्रमा सुनामीको जोखिम बढेको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  ७ : ५५ बजे

संयोजक प्रचण्डद्वारा धादिङ दुर्घटनाका घाइतेको प्रभावकारी उपचार गर्न आग्रह

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले धादिङमा

धादिङ बस दुर्घटनाबाट मृत्यु हुनेको संख्या १९ पुग्यो

काठमाडौँ । धादिङमा भएको बस दुर्घटनामा परि घाइते भएकाहरुमा २

तोलामा ३२ सयले बढ्यो सुनको मूल्य, चाँदीको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य सोमबार पनि उकालो लागेको

दुई समुदायबीच झडपको आशंकापछि वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यू

काठमाडौँरवीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन

गैँडाकोटमा सवारी दुर्घटना; एकको मृत्यु, एक जना गम्भीर घाइते

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोटमा सवारी दुर्घटना हुँदा एक