२८ भदौ २०८३, आइतबार | September 13, 2026

काठमाडौको बजारमा गुर्जोको हाहाकार भएपछि तीनकुनेको बगरमा गुर्जो खेती गर्दै ट्राफिक प्रहरी



काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले कोटेश्वर स्थित तीनकुनेको खाली जग्गामा १५०० वटा गुर्जोको विरूवा रोपेको छ । फ्रण्ट लाईनमा खटिने प्रहरी नै बढी कोरोना संक्रमणको चपेटामा परेपछि र काठमाडौंमा गुर्जोको हाहाकार भएर ट्राफिक प्रहरी आफै गुर्जो खेतीमा अगाडी सरेको हो ।

महानगरिय ट्राफिक प्रहरीले उपत्यकास्थित ४४ वटै ट्राफिक कार्यालयमा पनि ५।५ वटा गुर्जोको विरूवा रोपेको छ ।
शनिबार एक कार्यक्रमका वीच महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुखप्रहरी वरिष्ट उपरीक्षक भिम प्रसाद ढकाल, प्रहरी उपरिक्षक रामेश्वर प्रसाद यादव, प्रहरी अधिकृत तथा कर्मचारीहरूको सहभागितामा गुर्जोको विरूवा रोपिएको महानगरिय ट्राफिक महाशाखाले जनाएको छ ।

‘फ्रन्ट लाईनमा रहेर काम गर्ने ट्राफिक प्रहरी सडकमा धेरैसँग संसर्ग हुनु पर्ने भएकोले कोरोना भाईरस संक्रमणको जोखिम ज्यादा छ ।’ एसएसपी भिम प्रसाद ढकालले भने “त्यसैले रोग प्रतिरोध क्षमता वृद्धि गर्ने गुर्जो उपत्यकाको खाली जग्गा तथा ट्राफिक कार्यालयका परिसरहरूमा रोप्ने कामको थालनी गरिएको हो ।”

आन्तरिक राजश्व कार्यालय लाहानका कार्यालय प्रमुख तथा अभियानकर्मी कमलबहादुर राजलवट र राष्ट्रिय योजना आयोगका सह(सचिव किशोर जोशीले ट्राफिक महाशाखालाई उक्त गुर्जोको बिरुवा उपलब्ध गराएका थिए।

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  २ : ५९ बजे

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौँ । नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

कृष्णभीरमा नयाँ ट्याक परीक्षण सफल

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध

छापा सञ्चारमाध्यम सिध्याउने दिशामा सरकार अघि बढेको छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान रास्वपा

शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटा आज जङ्गली हात्तीको बथानले