४ जेष्ठ २०८२, आइतबार | May 19, 2025

काठमाडौको बजारमा गुर्जोको हाहाकार भएपछि तीनकुनेको बगरमा गुर्जो खेती गर्दै ट्राफिक प्रहरी



काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले कोटेश्वर स्थित तीनकुनेको खाली जग्गामा १५०० वटा गुर्जोको विरूवा रोपेको छ । फ्रण्ट लाईनमा खटिने प्रहरी नै बढी कोरोना संक्रमणको चपेटामा परेपछि र काठमाडौंमा गुर्जोको हाहाकार भएर ट्राफिक प्रहरी आफै गुर्जो खेतीमा अगाडी सरेको हो ।

महानगरिय ट्राफिक प्रहरीले उपत्यकास्थित ४४ वटै ट्राफिक कार्यालयमा पनि ५।५ वटा गुर्जोको विरूवा रोपेको छ ।
शनिबार एक कार्यक्रमका वीच महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुखप्रहरी वरिष्ट उपरीक्षक भिम प्रसाद ढकाल, प्रहरी उपरिक्षक रामेश्वर प्रसाद यादव, प्रहरी अधिकृत तथा कर्मचारीहरूको सहभागितामा गुर्जोको विरूवा रोपिएको महानगरिय ट्राफिक महाशाखाले जनाएको छ ।

‘फ्रन्ट लाईनमा रहेर काम गर्ने ट्राफिक प्रहरी सडकमा धेरैसँग संसर्ग हुनु पर्ने भएकोले कोरोना भाईरस संक्रमणको जोखिम ज्यादा छ ।’ एसएसपी भिम प्रसाद ढकालले भने “त्यसैले रोग प्रतिरोध क्षमता वृद्धि गर्ने गुर्जो उपत्यकाको खाली जग्गा तथा ट्राफिक कार्यालयका परिसरहरूमा रोप्ने कामको थालनी गरिएको हो ।”

आन्तरिक राजश्व कार्यालय लाहानका कार्यालय प्रमुख तथा अभियानकर्मी कमलबहादुर राजलवट र राष्ट्रिय योजना आयोगका सह(सचिव किशोर जोशीले ट्राफिक महाशाखालाई उक्त गुर्जोको बिरुवा उपलब्ध गराएका थिए।

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  २ : ५९ बजे

चलचित्र पत्रकार संघको २६ औं वार्षिकोत्सवमा नेपालगन्जमा विशेष कार्यक्रम

नेपालगन्ज । चलचित्र पत्रकार संघ नेपालको २६ औ वार्षिक उत्सव

हाम्रो ध्यान सरकार ढलाउने तिर छैन : अध्यक्ष प्रचण्ड

दैलेख । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं

संगठन सुदृढीकरण र समाजवादी अर्थतन्त्र निर्माणमा जुट्न प्रचण्डको आग्रह

दैलेख। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति दैलेखको

स्याउ बोक्ने गाडीमा ल्याइँदै थियो केरुङ हुँदै साढे सात किलो सुन, चालक पक्राउ

काठमाडौं । प्रहरीले चीनको केरुङ नाका हुँदै नेपाल भित्रिएको साढे

मोफसल यात्रामा ‘ऊनको स्वीटर’ टोली

बुटवल । फिल्म ‘ऊनको स्वीटर’ ले रिलिज भएको दोस्रो सातासम्म