२९ बैशाख २०८२, सोमबार | May 13, 2025

यसवर्षको तिहारमा भारतबाट फूल नल्याइने



काठमाडौं । यस वर्षको तिहारमा छिमेकी मुलुक भारतबाट फूल आयात नहुने भएको छ ।

बजारमा सयपत्री फूलको मागमा कमी र स्वदेशी उत्पादन राम्रो रहेकाले भारतबाट फूल नल्याइने व्यवसायीहरू बताउँछन् ।

तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये सयपत्री मात्रै भारतबाट ल्याउने गरिएको थियो । गत वर्षको तिहारमा २५ लाख माला खपत हुँदा तीन लाख माला भारतबाट ल्याइएको थियो ।

तर यसवर्ष १५ लाख मात्र मालाको माग रहेको र यो नेपाली उत्पादनले धान्ने फ्लोरीकल्चर एशोसिएशनका अध्यक्ष कुमार कसजू श्रेष्ठले बताउँछन् ।

यस वर्ष समय समयमा पानी परिरहेकाले काठमाडौँ उपत्यकाकासहित तराईका केही जिल्लामा फूलको राम्रो उत्पादन भएको छ ।

उनका अनुसार अघिल्ला वर्षको तुलनामा यस वर्षको तिहारमा उपभोक्ताले केही बढी मूल्य तिर्नुपर्ने देखिन्छ । एउटा सयपत्री मालाको मूल्य रु ६० देखि ७० सम्म तिर्नुपर्ने एशोसिएशनलेका अध्यक्ष श्रेष्ठले बताउँछन् ।

कारोबारमा कमी

यस वर्ष फूलको कारोवारमा कमी आउने देखिन्छ । कोरोनाका कारण गत चैतदेखि असारसम्म फूलको कारोवार शून्य रहेको र पछिल्लो समय नगन्य मात्रामा कारोवार भएकाले अपेक्षाअनुरुप कारोवार नहुने भएको हो ।

अघिल्ला वर्षमा रु दुई अर्ब ४२ करोडको फूलको कारोवार हुने गरेको थियो । चालू आवमा रु तीन अर्ब फूलको कारोवार हुने अनुमान गरे पनि कारोनाका कारण बजारमा चहलपहल नहुँदा अनुमानभन्दा कम हुने निश्चित छ ।

तिहार र अन्य मौसममा गरी रु ११ करोड बराबरको फूल वर्षिकरूपमा विदेशबाट आयात गरिँदै आएको छ । यसअघि कात्तिकदेखि फागुनसम्म विभिन्न चाडबाड र विवाहको मौसम पर्ने हुँदा फूल बढी प्रयोग हुने गरेको छ । रासस

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  ८ : २३ बजे

पूर्वपश्चिम राजमार्गको चोरमारामा पुल भासियो, राजमार्ग पूर्ण अवरुद्ध

नवलपुर । राजमार्गको पुल भासिएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ

कञ्चनजङ्घा आरोहणका क्रममा फ्रान्सेली नागरिकको मृत्यु

ताप्लेजुङ । कञ्चनजङ्घा हिमाल आरोहणका क्रममा एक फ्रान्सेली नागरिकको मृत्यु

पाकिस्तानसँगको युद्धविरामपछि भारतमा ३२ वटा विमानस्थल पुनः खुला

नयाँदिल्ली । सन् १९९९ पछि छिमेकी पाकिस्तानसँगको सबैभन्दा खराब लडाइँको

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा इला होटल सञ्चालनमा, पर्यटनमन्त्रीले गरे उद्घाटन

काठमाडौ । आइएमई ग्रुपको लगानीमा नवलपुरको गैडाकोट नगरपालिका–१, मौलाकालीमा इला

रुकुमपश्चिम दुर्घटना अपडेट : थप एक जनाको मृत्यु

रुकुमपश्चिम । सानीभेरी गाउँपालिका–१० अमलाटाकुरीस्थित सिम्लीबाट तिमिले जोड्ने भित्री सडकखण्डमा