२५ बैशाख २०८३, शुक्रबार | May 8, 2026

सिद्धबाबामा मोटरसाइकल तिनाउ नदीमा खस्यो



बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा सडक खण्डको सिद्धबाबा क्षेत्र नजिक सडकबाट एक मोटर साइकल तिनाउ नदीमा खसेको छ ।

तिनाउ गाउँपालिकाको दोभानबाट बुटवलतर्फ आउँदै गरेको दुई जना सवार मोटर साइकल शनिबार साँझ सडकबाट तल खसेको हो ।

पाल्पाको तिनाउ गाउँपालिका-३ स्थित सिद्धबाबा क्षेत्र नजिक पाल्पाबाट बुटवल आउँदै गरेको लु ९ प ७१५७ नम्बरको मोटरसाइकल सडकबाट करिब २०० मिटर तल खसेको थियो ।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक गणेश ज्ञवालीका अनुसार मोटरसाइकलका चालक पाल्पाको बगनासकाली गाउँपालिका-३ का २९ वर्षीय रुक बहादुर हिस्टी मगर र मोटरसाइकलको पछाडी सवार तिनाउ गाउँपालिका-६ का १९ वर्षीय दान बहादुर लम्तरी घाइते भएका छन् ।
दुर्घटनामा परि चालक हिस्टी मगर गम्भीर घाइते भएका छन भने अर्का घाइतेको अवस्था सामान्य रहेको ज्ञवालीले जानकारी दिए ।

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  ९ : ३४ बजे

संघीय संसदका तीन समितिको बैठक आज बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत आज तीन वटा समितिको बैठक बस्ने

हर्क साम्पाङ र सुदन किरातीबीच पार्टी एकतामा सैद्धान्तिक सहमति, आज औपचारिक घोषणा गरिने

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र पूर्वमन्त्री

दोस्रो विश्वयुद्धका पीडितको स्मृति दिवस

काठमाडौं । विश्वका विभिन्न देशमा आज र भोलि दोस्रो विश्वयुद्धका

हिउँचितुवा गणना गर्न ५६ स्थानमा क्यामेरा राखियो

बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा पहिलोपटक हिउँचितुवा

कालीगण्डकी करिडोर : कैकुखोलामा पक्की पुल निर्माण

म्याग्दी । बेनी-जोमसोम-कोरला सडकअन्तर्गत कैकुखोलामा मोटर सञ्चालन गर्न मिल्ने पक्की