९ चैत्र २०८२, सोमबार | March 23, 2026

विदेशमा थप १ हजार जना नेपालीमा कोरोना संक्रमण 



लण्डन । कोरोना भाइरसको विश्वव्यापी दोस्रो छाल शुरु भएदेखि विदेशमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको छ ।

गैरआवासीय नेपाली संघका अनुसार यो साता विदेशमा रहेका थप ९ सय ६३ जना नेपालीहरुलाई कोरोना संक्रमण देखिएको हो ।

संक्रमति मध्ये ४ सय ५० जना रोमानियामा रहेका नेपालीहरु छन् ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यो साता रोमानिया, पोल्याण्ड, स्पेन, कतार, भारत, क्यानाडा र युकेका रहेका नेपाली कोरोना भाइरसबाट संक्रमण भएका हुन् ।

गैरआवासीय नेपाली संघका अनुसार यो साता विदेशमा कुनै पनि नेपालीले कोरोना भाइरसका कारण ज्यान गुमाउनु परेन् ।

विदेशमा ४२ देशमा रहेका नेपाली मध्ये ४३ हजार ५ सय ६९ जना नेपाली कोरोना भाइरसको संक्रमणमा परेका छन् । ती मध्ये ३९ हजार ५ सय ६५ जना अर्थात ९२ प्रतिशत नेपाली कोरोना मुक्त भएको स्वास्थ्य समितिले जनाएको छ ।

गत साता सम्म १९ देशका २ सय ८४ जना नेपालीको कोरोना संक्रमणबाट निधन भइसकेको गैरआवासीय नेपाली संघले जनाएको छ  ।

नेपालका कोरोना मुक्त हुनेको संख्या बढ्यो

कोरोना भाइरसका कारण नेपालका संक्रमण हुने मध्ये कोरोना मुक्त हुनेहरुको संख्यामा बृद्धि भएको छ ।

गत हप्ता कोरोना संक्रमणबाट मुक्त हुने औसत ७० प्रतिशत रहेकोमा यो साता   कुल संक्रमितको ७६ दशमलव ९ प्रतिशत कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

यो साता नेपालमा मात्र १ लाख ७०  हजार ७ सय ४३ जना कोरोना भाइरसबाट संक्रमित भएका छन भने ती मध्ये १ लाख ३१ हजार २ सय २२ जना  कोरोना मुक्त भएका छन ।

शनिवार साँझ सम्म  नेपालमा ९ सय ३७ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।

अनावश्यक यात्रा नगरौं

गैरआवासीय नेपाली संघले अति आवश्यक बाहेक अन्य कामको लागि यात्रा नगर्न सबैलाई आग्रह गरेको छ ।

कोराना भाइरसको विश्वव्यापी संक्रमणको कारणले युके, फ्रान्स, बेल्जियम र जर्मनी जस्ता शक्तिशाली मुलुकमा दोस्रो चरणको लकडाउन सुरु भएको अवस्थामा अतिआवश्यक बाहेक अन्य प्रयोजनको लागि यात्रा तय नगर्न संघले आव्हान गरेको हो ।

गैरआवासीय नेपाली संघ अन्तरर्गतको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाले सार्वजनिक कार्यक्रममा उपस्थित नहुन र अनावश्यक भेला समेत नगर्न आग्रह गर्नुभएको छ ।

स्वास्थ्य समितिले सार्वजनिक स्थलहरुमा निस्किँदा मानिसहरुलाई सके सम्म माक्सको प्रयोग गर्न, हात धुन, मुख नछुन, नाक नकोट्याउन  र अनिवार्य रुपमा माक्स प्रयोग गर्न अनुरोध गरेको छ ।

१ लाख २६ हजार जनाको उद्धारगैरआवासीय नेपाली संघ, नेपाल सरकार र विदेशस्थित नेपाली कुटनीतिक नियोगहरुको संयुक्त पहलमा हाल सम्म ३३ देशका १ लाख २६ हजार ९ सय ८९ जना नेपालीहरुको उद्धार गरिएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  ८ : ३२ बजे

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको

राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी दूतावासमा झण्डोत्तोलन

काठमाडौं। पाकिस्तानको ८६औँ राष्ट्रिय दिवस (पाकिस्तान डे)का अवसरमा काठमाडौंस्थित पाकिस्तानी

विघटनपछि निष्क्रिय विधेयक आगामी संसद्का लागि ‘खुराक’

काठमाडौँ । अघिल्लो प्रतिनिधिसभाका विभिन्न समितिमा निकै रस्साकस्सीका बीच अघि

बाँकेमा ६ महिनाको अवधिमा तीन करोडभन्दा बढी जरिवाना असुल

नेपालगन्ज । प्रहरीले बाँकेमा पछिल्लो ६ महिनामा २७० जना फरार

चैत १२ गते दिउँसो २ बजे प्रतिनिधिसभाका सांसदहरूको शपथग्रहण

काठमाडौं । सङ्घीय संसद् सचिवालय नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा