२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

औद्योगिक र आर्थिक चेनको विकास गर्ने मन्त्री भट्टको दाबी



कञ्चनपुर । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले औद्योगिक र आर्थिक क्षेत्र विकास गरेर पूर्व–पश्चिमलाई जोड्ने काम भइरहेको बताएका छन् । कञ्चनपुरको महाकाली नगरपालिका–१ मा स्थापना गरिने सुक्खाबन्दरगाह निर्माणस्थलमा आइतबार आयोजित कार्यक्रममा मन्त्री भट्टले अन्तरदेशीय विशेष आर्थिक क्षेत्रका रुपमा मुलुकका चार क्षेत्रलाई अगाडि सारिएको बताए ।

एउटा उत्तर र दुईवटा दक्षिणतिर सुक्खाबन्दगाहसित जोडेर यसलाई चेनका रुपमा विकास अघि बढाउने भनेका मन्त्री भट्टको भनाई थियो । कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्र, अत्तरिया धनगढी औद्योगिक करिडोर, हरैया विशेष आर्थिक क्षेत्र, डुडेझारी औद्योगिक क्षेत्र र पूर्वतिर बाँकेको नौबस्ता औद्योगिक क्षेत्र विकास गर्ने कार्य भइरहेको मन्त्री भट्टले बताए ।

“यसरी सबै क्षेत्रलाई समेटेर औद्योगिक र आर्थिक रुपमा पूर्वदेखि पश्चिम, उत्तरदेखि दक्षिण जोड्ने भनेका छौँ”, मन्त्री भट्टले भने, “हिजोको जस्तो नारा दिने काम नगर्ने होइन, हामी काम गर्न आएका छौँ ।” उनले देशलाई औद्योगिकीकरण र उत्पादन र श्रमलाई नजोडेसम्म जस्तोसुकै नारा दिए पनि मुलुक समृद्ध हुन नसक्ने बताए ।

मन्त्री भट्टले सुदूरपश्चिम प्रदेशमा मलकारखाना स्थापना गरिने र त्यसका लागि निजी क्षेत्रको पनि लगानी आवश्यक रहने बताए । मन्त्रालयको प्राविधिकसहितको उच्चस्तरीय टोली लिएर दोधारा चादँनी पुगेका मन्त्री भट्टले महाकाली नगरपालिका–१ मा रहेको मायापुरी र गौरीशङ्कर सामुदायिक वनको झण्डै एक हजार बिघा जग्गा सुक्खाबन्दरगाह स्थापनाका लागि लिइने बताए ।

 

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  १ : ५४ बजे

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज

दशौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म कर्णालीमा हुने

सुर्खेत । कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको

देउवाको अपिल : ‘शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ’

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा करिब साढे पाँच

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर

अर्ना र चराचुरुङ्गीले परिचित कोशी टप्पु, पर्यटकका रोजाइमा

सुनसरी । दुर्लभ वन्यजन्तु, सयौँ प्रजातिका चराचुरुङ्गी र प्रकृतिमा आधारित