६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

‘सरकारको उद्योग नीति राम्रो नहुँदा उद्योगीहरु पलायनको बाटोमा’



बुटवल। सरकारको उद्योग नीति राम्रो नहुँदा उद्योगीहरु दैनिक पलाएनको अवस्थामा पुगेको उद्योगीहरुले गुनासो गरेकाछन् ।

सैनामैना उद्योग बाणिज्य तथा उपभोक्ता हितसंरक्षण निर्देशनालय र घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीको आयोजनामा सैनामैनामा आयोजित बिचार गोष्ठीमा सहभागी उद्योगीहरुले नेपालको उद्योग नीतिमा नै झन्झटीलो भएको बताए । उद्योग दर्ता देखि संचालनसम्मका सरकारी प्रक्रिया नै झन्झटिलो रहेको उल्लेख गर्दै उनीहरुले राज्यसँग ब्यवहारिक उद्योग नीति नभएको आरोप लगाए ।

उनीहरुले नेपालमा उद्योग स्थापना गरेर रोजगारी दिन्छु भनेर प्रशासनमा दर्ता गर्नजाँदा सास्ती खेप्नुपरेको अनुभव सुनाए ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाँईले राज्यको उद्योग नीति नै गलत भएको टिप्पणी गरे । उनले आफ्नै देशका केही गरौं भनेर स्थापना गर्ने उद्योगीहरुलाई सुरुवाती चरणबाट नै झन्झटीलो प्रक्रियाको कारण वाक्क लाग्ने बनाउने काम भएको भन्दै प्रक्रियागतग सुधारमा जानुको विकल्प नभएको बताए । स–सानो उद्योग व्यवसाय गर्ने व्यवसायीहरुले पनि ठुलै सास्ती व्यवहोनुपरेको भन्दै उनले यसको लागि राज्य गम्भीर बन्नु पर्ने बताए ।

सैनामैना नगरपालीकाका नगर प्रमुख फणीन्द्रप्रसाद शर्माले उद्योग संचालनका लागि उद्योग मैत्री नीति आवश्यक रहेको बताए । उनले उद्योगमैत्री वातावरण बनाएर राज्यले नै औद्योगीक वातावारण सृजना गर्नुपर्ने बताउँदै अन्यथा उद्योगीहरुको पलायन रोक्न नसकिने बताए ।

उद्योग बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय रुपन्देहीका प्रमुख अर्जुन बहादुर थापाले कार्यपत्र प्रस्तुत गर्दै कोरोना कारण र बढ्दै गरेको आर्थिक मन्दीको कारण रुपन्देहीमा उद्योगको दर्ता लगायतका क्षेत्रमा समस्या सृजना भएको बताए । उनले विभिन्न समस्याको बीच रुपन्देहीमा हालै १ हजार १ सय ३० भन्दा बढि साना देखि ठुला उद्योग दर्ता भएको जानकारी दिए। उनका अनुसार यस अवधिमा बाणिज्य तर्फ १ हजार ३ सय बढि फार्म दर्ता भएका छन् ।

घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीका उद्योग अधिकृत नेत्र प्रसाद भुसालले उद्योग दर्ता प्रकृया बारेमा जानकारी दिँदै सेवा ग्राहीहरुको सेवालाई धर्म सम्झोर सेवा प्रदान गरिँदै आएको दाबी गरे ।

सैनामैना उद्योग बाणीज्य सँघका अध्यक्ष प्रेम बहादुर खडकाले देशको आर्थिक अवास्थाको कारण नेपाली उद्योगमा समस्यामा परेको बताए । घरेलु तथा साना उद्योग महासंघ जिल्ला अध्यक्ष ध्रुब कुमार धितालले हरेक वर्ष राज्यले रोजगारी सृजना गर्ने नारा दिने भन्दा अन्य कुनै काम नगरेको आरोप लगाए ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  ८ : १८ बजे

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की ।आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण आगामी

भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य सम्मेलनको रौनक

भक्तपुर । भक्तपुरमा उल्लेख्य जनसहभागितासहित ४६औँ नेपालभाषा साहित्य सम्मेलन तथा

चीनको मरुभूमिमा फस्टाएको सीमापार मित्रता

बेइजिङ । अमेरिकी इतिहासका सेवानिवृत्त शिक्षक रोनाल्ड साकोल्स्की र चिनियाँ

हानि-नोक्सानी कोषको निर्णय कार्यान्वयनका लागि नेपालले प्रस्ताव पेस गर्ने

काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको ‘हानि–नोक्सानी सम्बोधन