१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

‘सरकारको उद्योग नीति राम्रो नहुँदा उद्योगीहरु पलायनको बाटोमा’



बुटवल। सरकारको उद्योग नीति राम्रो नहुँदा उद्योगीहरु दैनिक पलाएनको अवस्थामा पुगेको उद्योगीहरुले गुनासो गरेकाछन् ।

सैनामैना उद्योग बाणिज्य तथा उपभोक्ता हितसंरक्षण निर्देशनालय र घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीको आयोजनामा सैनामैनामा आयोजित बिचार गोष्ठीमा सहभागी उद्योगीहरुले नेपालको उद्योग नीतिमा नै झन्झटीलो भएको बताए । उद्योग दर्ता देखि संचालनसम्मका सरकारी प्रक्रिया नै झन्झटिलो रहेको उल्लेख गर्दै उनीहरुले राज्यसँग ब्यवहारिक उद्योग नीति नभएको आरोप लगाए ।

उनीहरुले नेपालमा उद्योग स्थापना गरेर रोजगारी दिन्छु भनेर प्रशासनमा दर्ता गर्नजाँदा सास्ती खेप्नुपरेको अनुभव सुनाए ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाँईले राज्यको उद्योग नीति नै गलत भएको टिप्पणी गरे । उनले आफ्नै देशका केही गरौं भनेर स्थापना गर्ने उद्योगीहरुलाई सुरुवाती चरणबाट नै झन्झटीलो प्रक्रियाको कारण वाक्क लाग्ने बनाउने काम भएको भन्दै प्रक्रियागतग सुधारमा जानुको विकल्प नभएको बताए । स–सानो उद्योग व्यवसाय गर्ने व्यवसायीहरुले पनि ठुलै सास्ती व्यवहोनुपरेको भन्दै उनले यसको लागि राज्य गम्भीर बन्नु पर्ने बताए ।

सैनामैना नगरपालीकाका नगर प्रमुख फणीन्द्रप्रसाद शर्माले उद्योग संचालनका लागि उद्योग मैत्री नीति आवश्यक रहेको बताए । उनले उद्योगमैत्री वातावरण बनाएर राज्यले नै औद्योगीक वातावारण सृजना गर्नुपर्ने बताउँदै अन्यथा उद्योगीहरुको पलायन रोक्न नसकिने बताए ।

उद्योग बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय रुपन्देहीका प्रमुख अर्जुन बहादुर थापाले कार्यपत्र प्रस्तुत गर्दै कोरोना कारण र बढ्दै गरेको आर्थिक मन्दीको कारण रुपन्देहीमा उद्योगको दर्ता लगायतका क्षेत्रमा समस्या सृजना भएको बताए । उनले विभिन्न समस्याको बीच रुपन्देहीमा हालै १ हजार १ सय ३० भन्दा बढि साना देखि ठुला उद्योग दर्ता भएको जानकारी दिए। उनका अनुसार यस अवधिमा बाणिज्य तर्फ १ हजार ३ सय बढि फार्म दर्ता भएका छन् ।

घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीका उद्योग अधिकृत नेत्र प्रसाद भुसालले उद्योग दर्ता प्रकृया बारेमा जानकारी दिँदै सेवा ग्राहीहरुको सेवालाई धर्म सम्झोर सेवा प्रदान गरिँदै आएको दाबी गरे ।

सैनामैना उद्योग बाणीज्य सँघका अध्यक्ष प्रेम बहादुर खडकाले देशको आर्थिक अवास्थाको कारण नेपाली उद्योगमा समस्यामा परेको बताए । घरेलु तथा साना उद्योग महासंघ जिल्ला अध्यक्ष ध्रुब कुमार धितालले हरेक वर्ष राज्यले रोजगारी सृजना गर्ने नारा दिने भन्दा अन्य कुनै काम नगरेको आरोप लगाए ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  ८ : १८ बजे

महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज एक सूचना जारी

भोटेकोशी बाढी अपडेट : मृत्यु हुनेको संख्या १ हजार ३ सय २३ पुग्यो

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शुक्रबार राति

लुम्बिनी प्रदेश सरकारका २ मन्त्रीसहित ४ प्रदेशसभा सदस्य पार्टीबाट निष्काशित

नेपालगन्ज । जनता समाजवादी पार्टी, नेपालले लुम्बिनी प्रदेशका बहालवाला २

विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन

काठमाडौँ । प्रेस काउन्सिल नेपालले विपद्का बेला समाचार सम्प्रेषण गर्दा

बाढीका कारण क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत सुरु

काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षति