१२ आश्विन २०८३, सोमबार | September 28, 2026

दशौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म कर्णालीमा हुने



सुर्खेत । कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय भएको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को १२५औँ बोर्ड बैठकले प्रतियोगिता आगामी मंसिर १६ देखि २९ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो।

शिक्षा तथा खेलकुद मन्त्रालयमा बसेको बोर्ड बैठकले प्रतियोगिताको मिति निर्धारण गरेको हो । प्रतियोगिताको मिति निश्चित भएसँगै कर्णालीमा राष्ट्रिय खेलकुद आयोजना गर्ने तयारीले थप गति लिनेछ।

कर्णालीमा पहिलोपटक राष्ट्रियस्तरको ठूलो खेलकुद प्रतियोगिता आयोजना हुन लागेकाले यसलाई प्रदेशको खेलकुद विकासका लागि महत्वपूर्ण अवसरका रूपमा लिइएको छ।

त्यस्तै, राष्ट्रिय खेलकुद प्रतियोगिताका माध्यमबाट कर्णालीको पर्यटन तथा खेल पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक प्रभाव पर्ने प्रदेश खेलकुद विकास परिषद्को विश्वास छ।

प्रतियोगितालाई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न सम्बन्धित संघसंस्था तथा निकायसँग समन्वय गर्दै तयारी अघि बढाइने परिषद्ले जनाएको छ।

यसअघि विभिन्न कारणले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजनाको मिति पटक–पटक अन्योलमा पर्दै आएको थियो। पछिल्लो बोर्ड बैठकले मिति निश्चित गरेसँगै प्रतियोगिता आयोजनाको अन्योल हटेको छ।

प्रकाशित मिति : २८ श्रावण २०८३, बिहिबार  ३ : ३४ बजे

कोरलाका ४६ स्थानमा पहिरो, सडक पूर्ण रूपमा सञ्चालन हुन एक साता लाग्ने

मुस्ताङ । उत्तर-दक्षिण जोेड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला खण्डका ४६ स्थानमा

प्रेम तथा शारीरिक सम्बन्धको जालमा पारेर असुली धन्दा गर्ने महिला पक्राउ

नेपालगन्ज । प्रेम तथा शारीरिक सम्बन्धको जालमा पारेर असुली धन्दामा

मौसम खुलेसँगै पोखरा–जोमसोम हवाई सेवा नियमित

मुस्ताङ । भारी वर्षाले अवरुद्ध (पोखरा–जोमसोम) हवाई सेवा आजदेखि सञ्चालन

नारायणीको पुलमा अड्किएको ‘क्रुज’ निकाल्न समस्या, क्रेनको डोरी चुँडियो

नवलपुर । आइतबार साँझ नारायणी नदीको बाढीले बगाएर ल्याएको ‘राइनो

नेपालगन्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी, छ वटा खेल सञ्चालन गर्न सकिने

नेपालगन्ज । शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेलले नेपालगञ्ज