३ आश्विन २०८३, शनिबार | September 19, 2026

आईपीएल २०२० : कोलकाता ६० रनले विजयी हुँदै प्लेअफ नजिक, राजस्थान प्रतियोगिताबाट बाहिरियो



काठमाडौं । युएइमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल २०२०) मा कोलकाता नाइट राइडर्स विजयी भएको छ । दुबै टोलीका लागि “गर या मर” को स्थितिमा रहेको खेलमा कोलकाताले राजस्थान रोयल्सलाई ६० रनले पराजित गरेको हो ।

१ सय ९२ रनको विशाल लक्ष्यलाई पछ्याएको राजस्थानले १ सय ३१ रन मात्र बनाउन सक्यो । राजस्थानले सुरुवाती पाँच विकेट ३७ रनकाे स्थितिमा गुमाइसकेको थियो । जसमा रोविन उथप्पा ६, बेन स्ट्रोक्स १८, स्टेभन स्मिथ ४, सञ्जु सामसन १ तथा रियान पराग शून्य रनमा आउट भएका थिए ।

इंग्ल्यान्डका विकेटकिपर ब्याट्सम्यान जोस बट्लरले राहुल तेवाटियासँग मिलेर टोलीलाई ८० रनको स्थितिमा पुर्याएका थिए । बट्लरले आउट हुनअघि २२ बलमा ३५ रन जोडेका थिए । यस्तै, तेवाटिया ३१ रनमा आउट भए ।

यसैगरी श्रेयास गाेपालले २३ तथा जाेफ्रा आर्चरले ६ रन बनाएपनि टाेलीलाई हारबाट बचाउन भने सकेन ।

राजस्थानलाई कम याेगफलमा राेक्ने क्रममा काेलकाताका प्याट कमिन्सले ५, शिभम् मावीले र वरूण चक्रवर्तीले समान २-२ विकेट लिए ।

यसअघि, दुबइ अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ९१ रन बनाएको थियो ।

कोलकाताको सुरुवात भने खराब रह्यो । कोलकाताका नितिश राना पहिलो ओभरको दोस्रो बलमा बलमा शून्य रनमा आउट भए । दोस्रो विकेटका लागि शुभमन गिलले राहुल त्रिपाठीसँग ७२ रनको साझेदारी गर्दै टोलीको स्कोर ७३ रनसम्म पुर्याए । गिल ३६ तथा त्रिपाठी ३९ रनमा आउट भए ।

यसैगरी, कोलकाताका सुनिल नारायन र दिनेश कार्तिक पनि विना खाता खोली राहुल तेवाटियको बलमा आउट भए ।

कोलकाताका कप्तान इयान मोर्गानले कप्तानी पारी खेले । उनले ३५ बलमा अविजित ६८ रन बनाए । यसैगरी, आन्द्र रसेलले ११ बलमा ३ छक्का र एक चौकाको मद्धतमा २५ रन जोडे । यस्तै, प्याट कमिन्सले १५ तथा कमलेश नगरकोटी एक रनमा नटआउट रहे ।

राजस्थानका राहुल तेवाटियाले ३, कार्तिक त्यागीले २ तथा जोफ्रा आर्चर र श्रेयास गोपालले समान एक-एक विकेट लिए ।

राजस्थानमाथिकाे जितसँगै काेलकाता तालिकाकाे चाैथाे स्थानमा उक्लिएकाे छ । काेलकाता प्लेअफमा पुग्नलाई हैदराबाद र मुम्बइबीचकाे खेलमा हैदराबाद पराजित भएमा मात्र सम्भव हुनेछ । यदि हैदराबाद विजयी भएमा काेलकाता समूह चरणबाटै बाहिरिने छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  ५ : ५९ बजे

भोटेकोशी बाढीमा बेपत्ता पत्रकार थामीको कुशको शव बनाएर अन्त्येष्टि

काठमाडौं । भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको

संविधानका उपलब्धि संस्थागत गर्दै राष्ट्र निर्माणमा जुट्न मुख्यमन्त्री भट्टको आग्रह

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले संविधानका उपलब्धि संस्थागत

संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक गणतन्त्र बलियो हुन्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको प्रभावकारी कार्यान्वयनबाट

विवेकपूर्ण ढङ्गले राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्नु उपयुक्त हुन्छ : पूर्वप्रधानमन्त्री डा भट्टराई

काठमाडौँ । लामो सङ्घर्षपछि जननिर्वाचित संविधानसभाबाट संविधान जारी भएको आज

आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ : अध्यक्ष दाहाल

काठमाडौं । नेपाली जनताको लामो सङ्घर्ष र बलिदानको परिणामस्वरुप २०७२