७ जेष्ठ २०८२, बुधबार | May 21, 2025

नयाँ बानेश्वरमा कोरोनाबाट घरमै दुईजनाको मृत्यु



काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा कोरोना संक्रमणबाट आइतबार दुईजनाको मृत्यु भएको छ ।

कास्की घरभएर नयाँ बानेश्वरमा डेरामा बस्ने ५३ वर्षीय पुरुषको डेरामै मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिकाको वडा १० को कार्यालयका अनुसार उच्च रक्तचापको समस्या भएका उनको डेरामै मृत्यु भएको थियो ।

त्यस्तै बानेश्वरमै अर्का एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । वडाध्यक्ष रामकुमार केसीले ८ दिनअघि कोरोना संक्रमण भएर घरमै आइसोलेसनमा बसेकी वृद्धाको आइतबार मृत्यु भएको जानकारी दिए ।

नेपाली सेनाको सहयोगमा दुबैजनाको शव हिजो बेलुकी नै व्यवस्थापन गरिएको उनले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  १० : ४८ बजे

निरन्तर घट्दो नाफाले सङ्कटोन्मुख टेलिकम सेवाप्रदायक

काठमाडौँ । सरकारी स्वामित्वको नेपाल टेलिकमले प्रकाशित गरेको चालु आर्थिक

ठेकेदारको अराजकता : गौरवको आयोजनाको ७८ मा सकिनुपर्ने सडक ८२ मा पनि सकिएन

पर्वत । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र एक गौरवको

हुम्लाको हिमपहिरोबाट विस्थापित भएकालाई स्थानान्तरण गर्न माग

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसद रेणु चन्दले हुम्लाको लिमी

पानीजहाज विधेयकसम्बन्धी समितिको प्रतिवेदन राष्ट्रियसभामा पेस

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा ‘पानी जहाज (सञ्चालन तथा व्यवस्थापन)

रैथाने बालीलाई नै प्रयोगमा ल्याउनुपर्ने आवश्यकता छ: कृषिमन्त्री अधिकारी 

ललितपुर । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले समयसापेक्ष विश्लेषण