१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

द्रुतमार्गसँगै मदन भण्डारी मार्ग बन्ने



काठमाडौं । सङ्घीय राजधानी काठमाडौं र बागमती प्रदेश राजधानी हेटौँडाबीच कम समय दूरीमा आवतजावत गर्न निर्माणाधीन काठमाडौँ/तराई/मधेस द्रुतमार्गसँग मदन भण्डारी मार्गलाई जोड्न अध्ययन सुरु गरिएको छ ।

मदन भण्डारी मार्गले राजधानीदेखि दक्षिणकाली, छैमले, सिस्नेरी, भीमफेदी हुँदै भैँसेलाई जोड्ने छ भने मदन भण्डारी राजमार्गले भने हेटौँडालाई धरान चतरासँग जोड्ने छ ।

द्रुतमार्गसँग मदन भण्डारी मार्गलाई जोड्ने योजनालाई मूर्तरूप दिने बागमती प्रदेश सरकारको प्रस्तावमा सङ्घीय सरकारद्वारा अध्ययन सुरु गरिएको छ । सङ्घीय सरकारले कार्यदल बनाएर नै अध्ययन सुरु गरेको हो । कार्यदलमा सङ्घीय अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, बागमती प्रदेश सरकारका प्रतिनिधि, नेपाली सेनाका प्रतिनिधि रहेका छन् ।

दु्रतमार्गसँग सो मार्ग जोडिएपछि काठमाडौँ र हेटौँडाबीचको सडक दूरी करिब ५० किलोमिटर छोटिने बताइएको छ । प्रदेश सरकारको प्रस्तावलाई प्राथमिकतामा राख्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेल, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, प्रधानमन्त्री केपी शर्मा ओलीका विकास व्यवस्थापन विज्ञ गजेन्द्र थपलिया, प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयालले जोडिन सक्ने सम्भावित स्थान विन्दुबारे निरीक्षणसमेत गरिसकेका छन् ।

उनिहरुले कात्तिक १ गते निरीक्षण गरेका थिए । उपाध्यक्ष प्रा डा कँडेलले दु्रतमार्गमा मदन भण्डारी मार्गलाई जोडिन सक्ने ठाउँबारे अध्ययन भइरहेको जानकारी अध्ययनपछि ठाउँबारे टुङ्गो लाग्ने बताएका छन् । उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  ७ : ३४ बजे

विराटनगरमाथि चितवनको ८ रनको रोमाञ्चक जित, एनपीएलमा विजयी सुरुवात

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा चितवन राइनोजले

गोलबजारका पूर्वमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, सवा करोडभन्दा बढीको बिगो माग

सिरहा । सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख (पूर्वमेयर) देवनाथ साह

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौं । नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी)ले

आधुनिक यन्त्रले सहज बन्दै ग्रामीण कृषि

नेपालगन्ज । गाउँगाउँमा परम्परागत खेती प्रणालीलाई आधुनिक प्रविधिले विस्थापित गरेसँगै