२ बैशाख २०८३, बुधबार | April 15, 2026

द्रुतमार्गसँगै मदन भण्डारी मार्ग बन्ने



काठमाडौं । सङ्घीय राजधानी काठमाडौं र बागमती प्रदेश राजधानी हेटौँडाबीच कम समय दूरीमा आवतजावत गर्न निर्माणाधीन काठमाडौँ/तराई/मधेस द्रुतमार्गसँग मदन भण्डारी मार्गलाई जोड्न अध्ययन सुरु गरिएको छ ।

मदन भण्डारी मार्गले राजधानीदेखि दक्षिणकाली, छैमले, सिस्नेरी, भीमफेदी हुँदै भैँसेलाई जोड्ने छ भने मदन भण्डारी राजमार्गले भने हेटौँडालाई धरान चतरासँग जोड्ने छ ।

द्रुतमार्गसँग मदन भण्डारी मार्गलाई जोड्ने योजनालाई मूर्तरूप दिने बागमती प्रदेश सरकारको प्रस्तावमा सङ्घीय सरकारद्वारा अध्ययन सुरु गरिएको छ । सङ्घीय सरकारले कार्यदल बनाएर नै अध्ययन सुरु गरेको हो । कार्यदलमा सङ्घीय अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, बागमती प्रदेश सरकारका प्रतिनिधि, नेपाली सेनाका प्रतिनिधि रहेका छन् ।

दु्रतमार्गसँग सो मार्ग जोडिएपछि काठमाडौँ र हेटौँडाबीचको सडक दूरी करिब ५० किलोमिटर छोटिने बताइएको छ । प्रदेश सरकारको प्रस्तावलाई प्राथमिकतामा राख्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेल, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, प्रधानमन्त्री केपी शर्मा ओलीका विकास व्यवस्थापन विज्ञ गजेन्द्र थपलिया, प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयालले जोडिन सक्ने सम्भावित स्थान विन्दुबारे निरीक्षणसमेत गरिसकेका छन् ।

उनिहरुले कात्तिक १ गते निरीक्षण गरेका थिए । उपाध्यक्ष प्रा डा कँडेलले दु्रतमार्गमा मदन भण्डारी मार्गलाई जोडिन सक्ने ठाउँबारे अध्ययन भइरहेको जानकारी अध्ययनपछि ठाउँबारे टुङ्गो लाग्ने बताएका छन् । उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  ७ : ३४ बजे

बुटवलमा वैशाख ५ मा रैथाने सीप-कला प्रदर्शनी हुने

बुटवल । पुराना सीप कलाको संरक्षण र जर्गेना गर्न बुटवलमा

शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिको सभापतिको निर्वाचन यही वैशाख ४

कांग्रेसले पूर्णबहादुर खड्कालाई ७ दिने स्पष्टीकरण सोध्ने

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका नेता पूर्णबहादुर खड्कासँग सात दिने

सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस, ‘नेपाल आरोग्य वर्ष २०२७’ घोषणा

काठमाडौं । संयुक्त राष्ट्रसंघले ‘आरोग्य दिवस’ को मान्यता दिएपछि बुधबार

सवारी नियम उल्लघंन गर्ने सभामुख अर्यालले प्रयोग गर्ने गाडीलाई ट्राफिक प्रहरीको चिट

काठमाडौं । सभामुख डीपी अर्यालले प्रयोग गर्ने गाडीलाई ट्राफिक प्रहरीले