१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

आईपीएल २०२० : मुम्बईलाई हराउँदै हैदारबाद प्ले अफमा, कोलकाता बाहिरियो



काठमाडाैं । युएइमा जारी १३ औं संस्करणकाे इन्डियन प्रिमियर लिग (आईपीएल २०२०) अन्तर्गत सनराइजर्स हैदराबाद विजयी भएकाे छ ।

मंगलबार राति सम्पन्न आइपिएलकाे ५६औं खेलमा हैदराबादले मुम्बइ इन्डियन्सलाई १० विकेटले पराजित गरेकाे हाे ।

जितसँगै हैदराबाद प्लेअफमा पुग्ने चाैथाे टाेली बन्दा काेलकाता नाइट राइडर्स प्रतियाेगिताकाे लिग चरणबाटै बाहिरियाे ।

१ सय ५० रनमा मध्यम रनकाे लक्ष्य पछ्याएकाे हैदराबादले १७.१ ओभरमा विना विकेटकाे क्षतिमा पुरा गर्याे । ऋद्धिमान साह र डेविड वार्नरले १ सय ५१ साझेदारी गर्दै टाेलीलाई दश विकेटकाे विशाल जित दिलाए । वार्नरले ५८ बलमा ८५ तथा साहले ४५ बलमा ५८ रनकाे याेगदान दिए ।

यसअघि, शारजाह क्रिकेट स्टेडियमा टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे मुम्बइले १ सय ४९ रन बनाएकाे थियाे । चाेटका कारण बेन्चमा रहेका कप्तान राेहित शर्मा हैदराबादविरूद्धकाे खेलमा पुनरागमन जनाएपनि उनले उल्लेखनीय याेगदान भने दिन सकेनन् । उनी ७ बल खेल्दै मात्र ४ रनमा आउट भए ।

मुम्बइका किराेन पाेलार्ड, सूर्यकुमार यादव, इशान किशन र क्वुइन्टन डि कक बाहेक अन्य खेलाडीले दाेहाेराे अंकमा रन बनाउन सकेन । पाेलार्डले ४१, यादवले ३६, किशनले ३३, डि ककले २५ तथा रन बनाए ।

हैदराबादका सन्दीप शर्माले ३, शाहबाज नदीमले र ज्यासन हाेल्डरले समान २-२ तथा राशिद खानले एक विकेट लिए ।

आईपीएल २०२० मा प्लेअफमा पुग्ने चार टाेलीकाे टुंगाे लागेका छ । अंक तालिकामा मुम्बइ १८, दिल्ली १६ अंकसहित पहिलाे र दाेस्राे स्थानमा रह्याे भने हैदराबाद, बेङ्गलाेर र काेलकाताकाे समान १४ अंक भएपनि रनरेटका आधारमा हैदराबाद र बेङ्गलाेर अघि रहँदै प्लेअफमा पुग्याे भने काेलकाता प्रतियाेगिताबाट बाहिरिएकाे छ ।

क्वालिफायरमा मुम्बइ र दिल्लीले बिहीबार दुबइ अन्तर्राष्ट्रिय स्टेडियममा खेल्नेछ भने एलिमिनेटरमा हैदराबाद र बेङ्गलाेरले शुत्रबार अबुधाबीस्थित शेख जायद स्टेडियममा खेल्नेछ ।

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  ६ : २७ बजे

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना

विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

डोल्पा । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका

डढेलोले खोटाङमा तेह्र घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१