२० मंसिर २०८२, शनिबार | December 6, 2025

राष्ट्रपति निर्वाचन मतपरिणाममा ट्रम्पभन्दा बाइडन अगाडि,फ्लोरिडामा ट्रम्पको जीत



काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ ।

पछिल्लो नतिजा अनुसार डेमोक्र्याट पार्टीका उम्मेदवार जो बाइनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प विरूद्ध निरन्तर अग्रता लिएका छन् ।

अहिलेसम्मको मत परिणाम अनुसार जो बाइडेनले २२३ इलेक्टोलर मत जीतेका छन्  भने डोनाल्ड ट्रम्पले १४८ इलेक्टोलर मत जीतेका छन् । तर पपुलर भोटमा भने डोनाल्ड ट्रम्प अगाडि देखिएका छन् । पपुलर भोटमा ट्रम्प बाइडेनभन्दा झण्डै २० लाखले अगाडि छन् । राष्ट्रपति चुनावमा निर्वाचित हुनका लागि कम्तीमा २७० इलेक्टोरल मतको आवश्यकता पर्छ ।

उता ब्याटलग्राउण्ड राज्य फ्लोरिडामा डोनाल्ड ट्रम्प विजयी भएका छन् । ९८ प्रतिशत मत परिणाम आउँदा ट्रम्पले ५६ लाख २८ हजार भन्दा धेरै मत ल्याएका छन् भने बाइडेनले झण्डै ५२ लाख ४४ हजार मत प्राप्त गरेका छन् ।फ्लोरिडाबाट २९ इलेक्टोरल कलेज मत प्राप्त हुन्छ ।

यस्तै कुनै बेला रिपब्लिकनको पकड रहेको जर्जिया अहिले ब्याटलग्राउण्ड भएको छ । जर्जियामा ट्रम्प अगाडि देखिएका छन् । सन् २०१६ मा ट्रम्पले जितेको आयोवामा पनि बाइडेन अगाडि देखिएका छन् । पेन्सिलभेनियामा ४६ प्रतिशत मतपरिणाम आउँदा ट्रम्प अगाडि देखिएका छन् ।

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  १० : १३ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय