११ फाल्गुन २०८२, सोमबार | February 23, 2026

राष्ट्रपति निर्वाचन मतपरिणाममा ट्रम्पभन्दा बाइडन अगाडि,फ्लोरिडामा ट्रम्पको जीत



काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ ।

पछिल्लो नतिजा अनुसार डेमोक्र्याट पार्टीका उम्मेदवार जो बाइनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प विरूद्ध निरन्तर अग्रता लिएका छन् ।

अहिलेसम्मको मत परिणाम अनुसार जो बाइडेनले २२३ इलेक्टोलर मत जीतेका छन्  भने डोनाल्ड ट्रम्पले १४८ इलेक्टोलर मत जीतेका छन् । तर पपुलर भोटमा भने डोनाल्ड ट्रम्प अगाडि देखिएका छन् । पपुलर भोटमा ट्रम्प बाइडेनभन्दा झण्डै २० लाखले अगाडि छन् । राष्ट्रपति चुनावमा निर्वाचित हुनका लागि कम्तीमा २७० इलेक्टोरल मतको आवश्यकता पर्छ ।

उता ब्याटलग्राउण्ड राज्य फ्लोरिडामा डोनाल्ड ट्रम्प विजयी भएका छन् । ९८ प्रतिशत मत परिणाम आउँदा ट्रम्पले ५६ लाख २८ हजार भन्दा धेरै मत ल्याएका छन् भने बाइडेनले झण्डै ५२ लाख ४४ हजार मत प्राप्त गरेका छन् ।फ्लोरिडाबाट २९ इलेक्टोरल कलेज मत प्राप्त हुन्छ ।

यस्तै कुनै बेला रिपब्लिकनको पकड रहेको जर्जिया अहिले ब्याटलग्राउण्ड भएको छ । जर्जियामा ट्रम्प अगाडि देखिएका छन् । सन् २०१६ मा ट्रम्पले जितेको आयोवामा पनि बाइडेन अगाडि देखिएका छन् । पेन्सिलभेनियामा ४६ प्रतिशत मतपरिणाम आउँदा ट्रम्प अगाडि देखिएका छन् ।

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  १० : १३ बजे

संयोजक प्रचण्डद्वारा धादिङ दुर्घटनाका घाइतेको प्रभावकारी उपचार गर्न आग्रह

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले धादिङमा

धादिङ बस दुर्घटनाबाट मृत्यु हुनेको संख्या १९ पुग्यो

काठमाडौँ । धादिङमा भएको बस दुर्घटनामा परि घाइते भएकाहरुमा २

तोलामा ३२ सयले बढ्यो सुनको मूल्य, चाँदीको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य सोमबार पनि उकालो लागेको

दुई समुदायबीच झडपको आशंकापछि वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यू

काठमाडौँरवीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन

गैँडाकोटमा सवारी दुर्घटना; एकको मृत्यु, एक जना गम्भीर घाइते

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोटमा सवारी दुर्घटना हुँदा एक