९ चैत्र २०८१, शनिबार | March 22, 2025

मेलम्ची आयोजना छिटो सम्पन्न गर्न सबै सहयोग गर्छौ : अर्थमन्त्री पौडेल



काठमाडौं । अर्थमन्त्री बिष्णु पौडेलले मेलम्ची खानेपानी आयोजना छिटो सम्पन्न गर्न अर्थ मन्त्रालयले आवश्यक सबै सहयोग गर्ने बताएका छन ।

अर्थ मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले आयोजना सम्पन्न गर्नका लागि आवश्यक सहयोग र सहजीकरण गर्न अर्थ मन्त्रालय तयार रहेको बताएका हुन ।

मेलम्ची आयोजनाको काम प्रभावकारी रुपमा अघि बढाउन राज्यका सम्बद्ध निकायबीच समन्वय गरिने पनि उनले बताए ।

खानेपानीमन्त्री बिना मगरले मेलम्ची खानेपानी आायोजनामा अहिले सबै पक्ष खटिएर काम गरिरहेको जानकारी गराएकी थिइन ।

आर्थिक वर्ष २०७७/७८ को बजेट कार्यान्वयन, विशेषगरी पुँजीगत खर्चको अवस्था, विद्यमान समस्या र समाधानका बारेमा छलफल गर्न अर्थ मन्त्रालयमा कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा चालु आर्थिक वर्षको बजेट कार्यान्वयन, आयोजनाहरुको भौतिक तथा वित्तीय प्रगतिलाई तीव्रताका साथ अघि बढाउनेमा जोड दिइएको थियो ।

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहिबार  ७ : २२ बजे

देशलाई अस्थिरतातर्फ धकेल्ने षडयन्त्र भइरहेको छ : देव गुरुङ

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देव गुरुङले

अख्तियारमा गरिने नियुक्ति प्रक्रिया परिवर्तन गर्नुपर्नेमा जोड

तनहुँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अख्तियार दुरूपयोग अनुसन्धान

देश र संसार बुझ्न कविता प्रभावशाली माध्यम हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समाज विकासमा भाषा, कला र

माओवादी केन्द्रप्रति जनताको विश्वास बढेको छ : प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री