४ पुस २०८२, शुक्रबार | December 20, 2025

डार्विनले ल्याए ‘हवाई अड्डा’ (भिडियो सहित)



काठमाडौं । गायक डार्विन लुंगेली र गायिका सानु तामाङको युगल स्वरमा रहेको गीत ‘हवाई अड्डा’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गायक लुंगेलीले २०१६ मा युरोप घुम्न जादा एयरपोर्टमा मान्छेहरु भेट्ने छुट्ने क्रममा देखेको दृश्यबाट प्रेरित भएर यो गीत लेखेका हुन । गीतमा रोमन बज्राचार्यको संगीत रहेको छ ।

मर्मस्पर्शी यस गीतको म्युजिक भिडियोमा सुमित तामाङ, कुसुम गुरुङ र सुरज तमुको अभिनय देख्न सकिन्छ। भिडियोमा विजय ताम्राकारको छायांकन र सम्पादन रहेको छ । सुरज तमुको कन्सेप्ट र निर्देशनमा भिडियो तयार पारिएको हो। ओएसआर डिजिटलको अफिसिएल युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो ।

विदेशमा बसेर आफ्नो संगीत यात्रालाई अघि बढाइरहेका गायक लुंगेलीले यस गीतको म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिनहुन सम्पुर्ण दर्शक, स्रोतालाई आग्रह गरेका छन । साथै आगामी दिनहरुमा अझै स्तरिय सिर्जनाहरु सार्वजनिक गर्दै जाने गायक लुङ्गेलीले बताएका छन ।

भिडियो सहित

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहिबार  ८ : १४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको