१२ श्रावण २०८१, शनिबार | July 27, 2024

आईपीएल २०२० : दिल्लीलाई ५७ रनले हराउँदै मुम्बई इण्डियन्स छैटौं पटक फाइनलमा प्रवेश



काठमाडाैं । युएइ मा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल २०२०) अन्तर्गत डिफेन्डिङ च्याम्पियन मुम्बइ इन्डियन्स फाइनलमा प्रवेश गरेकाे छ ।

बिहीबार राति सम्पन्न भएकाे पहिलाे क्वालिफायरमा मुम्बइले दिल्ली क्यापिटल्सलाई ५७ रनले पराजित गरेकाे हाे ।

२ सय १ रनकाे विशाल लक्ष्य पाएकाे दिल्लीले १ सय ४३ रन मात्र बनाउन सक्याे । खराब सुरूवात गरेकाे दिल्लीका तीन जना खेलाडी शून्य रनमा आउट भए । पृथ्वी शाँ, शिखर धवन र अजिङ्क्य रहाने शून्य रनकाे स्थितिमा आउट भएका थिए ।

निरन्तरकाे अन्तरालमा विकेट गुमाएकाे दिल्लीका मर्कूस स्टाेइनिसले ६४, अक्षर पटेलले ४२, कगिसाे रबडाले १५ तथा श्रेयास आयरले १२ रन जाेड्नुबाहेक अन्य खेलाडीले दाेहाेराे अंकमा रन बनाउन सकेन । दिल्लीलाई कम स्काेरमा राेक्ने क्रममा जसप्रीत बुम्राहले ४, ट्रन्ट बाेल्टले २ तथा क्रनाल पाण्ड्या र किराेन पाेलार्डले एक-एक विकेट लिए ।

यसअघि, दुबइ अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङमा उत्रिएकाे मुम्बइले निर्धारित २० ओभरमा पाँच विकेटकाे क्षतिमा २ सय रन बनाएकाे थियाे । चाेटमुक्त भइ फर्किएका मुम्बइका कप्तान राेहित शर्मा आजकाे खेलमा पनि फ्लप रहे । उनी दिल्लीका स्पिनर रविचन्द्रन आश्विनकाे पहिलाे बलमा नै एलबिडब्ल्यु धरापमा परे ।

दाेस्राे विकेटका लागि सूर्यकुमार यादवसँग ६२ रनकाे अर्धशतकीय साझेदारी गरेका अर्का ओपनर क्वुइन्टन डि कक पनि आश्विनकाे बलमा शिखर धवनद्वारा क्याच आउट भए । उनले आउट हुन अघि ४० रन बनाएका थिए । यस्तै डि ककले मुम्बइबाट आइपिएलमा एक हजार रन पुरा गरेका छन् ।

यसैगरी, यादवले ३८ बलमा २ छक्का र ६ चाैकाकाे मद्धतमा ५१ रन बनाए । यादवकाे याे जारी आइपिएलमा तेस्राे अर्धशतक हाे । यस्तै, क्रुणाल पाण्ड्याले १३ रन बनाए भने किराेन पाेलार्ड शून्य रनमा आउट भए । मुम्बइका इशान किशन र हार्दिक पाण्ड्याले मध्यक्रममा आक्रामक पारी खेलेपछि मुम्बइले विशाल याेगफल बनाएकाे हाे ।

उनीहरूले छैटाैं विकेटका लागि २१ बलमा ६० रनकाे साझेदारी गरे । किशनले ३० बलमा ५५ तथा पाण्ड्याले १४ बलमा ३७ रनकाे अविजित पारी खेले । दिल्लीका रविचन्द्रन आश्विनले ३ तथा एनरिच नाेर्ट्जे र मर्कूस स्टाेइनिसले समान एक-एक विकेट लिए ।

जितसँगै मुम्बइ छैटाैं पटक आइपिएलकाे फाइनलमा प्रवेश गरेकाे छ । यसअघि मुम्बइ २०१०, २०१३, २०१५, २०१७ र २०१९ फाइनलमा पुगेकाे थियाे भने २०१० मा बाहेक बाँकी सिजनमा च्याम्पयन बनेका छन् ।

पराजित दिल्लीले शुक्रबार हैदराबाद र बेङ्गलाेरबीचकाे विजेतासँग दाेस्राे क्वालिफायरमा फाइनल प्रवेशका लागि अबुधाबीमा आइतबार खेल्नेछ ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  ६ : ३२ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान