२९ भदौ २०८३, सोमबार | September 14, 2026

प्रधानमन्त्री ओली र भारतीय सेनाप्रमुख नरवणेबीच शिष्टाचार भेट



काठमाडौ ।प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेले शिष्टाचार भेट गरेका छन् । तीन दिने नेपाल भ्रमणमा आएका नरवणेले प्रधानमन्त्री ओलीलाई  बालुवाटारमा भेट  गरेका हुन् ।

दुई देशको सीमा विवाद चलिरहेको बेला भारतीय सेना प्रमुख नरवणेको नेपाल भ्रमणप्रति सबैको चासो बढेको छ ।

बुधवार नेपाल आएका नरवणेले वसन्तपुर र पशुपति मन्दिरको अवलोकन गरेका थिए ।

भेटका क्रममा प्रधानमन्त्रीले नेपाल र भारतका बीचमा पुरानो विशिष्ट सम्बन्ध रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले नेपाल भारतको असल मित्र भएकोले दुई देशबीच रहेका समस्या संवाद मार्फत् समाधान हुने विश्वास ब्यक्त गरे ।

तीन दिने नेपाल भ्रमणका क्रममा भारतीय सेनाध्यक्ष नरवणेले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका थिए । साथै राष्ट्रपति विद्या देवी भण्डारीको हातबाट  ग्रहण गरे । मनार्थ ग्रहणपछि राष्ट्रपति भण्डारीसँगको भेटघाटमा दुई देशको सम्बन्धको बारेमा चिन्ता व्यक्त भएको थियो ।

यस्तै नरवणेले नेपाली सेनाका प्रमुख पूर्णचन्द्र थापासँग भेट गरेका छन् । नेपाली सेना प्रमुख थापासँगको बीचमा पनि दुई देशको सम्बन्धको बारेमा चिन्ता व्यक्त गरिएको थियो ।

स्रोतका अनुसार नेपाली सेना प्रमुख थापाले दुई देशबीचमा देखिएको पछिल्लो विवादलाई कसरी समाधान गर्ने त्यसका लागि दुई देशका सेनाले के कसरी भूमिका खेल्न सकिन्छ त्यसको बारेमा छलफललाई अगाडि बढाउन प्रस्ताव गरेका थिए ।

नरवरणले आजै नेपाली सेनाको हेलिकप्टर चढेर सोलुखुम्बु पुगेर सगरमाथाको अवलोकन गरेका थिए ।नरवणे आजै पाँच बजे भारत फर्किनेछन् ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  २ : ०४ बजे

भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा एक अर्बभन्दा बढीको क्षति

काठमाडौं । रसुवा र आसपासको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका

भोटेकोशी बाढी : १३ सय ९२ को शव फेला, चार हजारभन्दा बढी अझै बेपत्ता

काठमाडौं । भोटेकोशीमा आएको भीषण बाढीका कारण हालसम्म एक हजार

फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण

रसुवा । रसुवा-नुवाकोट सडकखण्डमा वैकल्पिक फड्के तथा तुइन निर्माण गरी

लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा

दाङ । हरितालिका तीज पर्वका अवसरमा लुम्बिनी प्रदेश सरकारले आज

पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजनको घुइँचो

काठमाडौं । यस वर्षको हरितालिकाका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने