२ फाल्गुन २०८१, शुक्रबार | February 14, 2025

प्रधानमन्त्री ओली र भारतीय सेनाप्रमुख नरवणेबीच शिष्टाचार भेट



काठमाडौ ।प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेले शिष्टाचार भेट गरेका छन् । तीन दिने नेपाल भ्रमणमा आएका नरवणेले प्रधानमन्त्री ओलीलाई  बालुवाटारमा भेट  गरेका हुन् ।

दुई देशको सीमा विवाद चलिरहेको बेला भारतीय सेना प्रमुख नरवणेको नेपाल भ्रमणप्रति सबैको चासो बढेको छ ।

बुधवार नेपाल आएका नरवणेले वसन्तपुर र पशुपति मन्दिरको अवलोकन गरेका थिए ।

भेटका क्रममा प्रधानमन्त्रीले नेपाल र भारतका बीचमा पुरानो विशिष्ट सम्बन्ध रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले नेपाल भारतको असल मित्र भएकोले दुई देशबीच रहेका समस्या संवाद मार्फत् समाधान हुने विश्वास ब्यक्त गरे ।

तीन दिने नेपाल भ्रमणका क्रममा भारतीय सेनाध्यक्ष नरवणेले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका थिए । साथै राष्ट्रपति विद्या देवी भण्डारीको हातबाट  ग्रहण गरे । मनार्थ ग्रहणपछि राष्ट्रपति भण्डारीसँगको भेटघाटमा दुई देशको सम्बन्धको बारेमा चिन्ता व्यक्त भएको थियो ।

यस्तै नरवणेले नेपाली सेनाका प्रमुख पूर्णचन्द्र थापासँग भेट गरेका छन् । नेपाली सेना प्रमुख थापासँगको बीचमा पनि दुई देशको सम्बन्धको बारेमा चिन्ता व्यक्त गरिएको थियो ।

स्रोतका अनुसार नेपाली सेना प्रमुख थापाले दुई देशबीचमा देखिएको पछिल्लो विवादलाई कसरी समाधान गर्ने त्यसका लागि दुई देशका सेनाले के कसरी भूमिका खेल्न सकिन्छ त्यसको बारेमा छलफललाई अगाडि बढाउन प्रस्ताव गरेका थिए ।

नरवरणले आजै नेपाली सेनाको हेलिकप्टर चढेर सोलुखुम्बु पुगेर सगरमाथाको अवलोकन गरेका थिए ।नरवणे आजै पाँच बजे भारत फर्किनेछन् ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  २ : ०४ बजे

शिक्षा बिनाको मान्छे सुगन्ध बिनाको फूल जस्तै : उपसभामुख राना

बुटवल । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरले शिक्षा बिनाको मान्छे

विराटनगरमा सोरुम फुटाएर कार चोरी, युवा जना पक्राउ

विराटनगर । विराटनगरमा सोरुम फुटाएर कार चोरी गर्ने युवा पक्राउ

कांग्रेस एमालेको ध्यान संविधान संशोधनमा होइन, उल्ट्याउनमा केन्द्रित छ : प्रचण्ड

दोलखा। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस एमालेको

श्रमिक महिलाको पीर : आमा बन्ने कि जागिर रोज्ने ?

काठमाडौं । अर्घाखाँचीकी सङ्गीता थापा बुटवलको अमरपथस्थित ब्युटी कलेक्सनमा काम

बन्दीपुरमा तीन महिनामा १० हजारभन्दा बढी विदेशी पर्यटक

तनहुँ । जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको बन्दीपुरमा पछिल्लो