४ पुस २०८२, शुक्रबार | December 20, 2025

फेरि गैँडाको चोरी सिकार



भरतपुर । गैँडा चोरी सिकारमा संलग्न रहेको अभियोगमा काराबास जीवन भुक्तान गरेका र तिनका परिवारलाई कसरी गैँडा संरक्षणमा जुटाउन सकिन्छ भनेर गत बुधबार चितवनको सौराहामा छलफल चलिरहेको थियो ।

छलफलमा काराबास भुक्तान गर्नेले गैँडा संरक्षणमा आफ्ना योजना सुनाइरहेका बेला चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराललाई खबर आयो ‘चोरी सिकारीले मारेको गैँडाको माउ र बच्चा (केटा) भेटियो !! पछिल्ला केही वर्षयता निकुञ्जले चोरी सिकार शूून्य वर्ष मनाउँदै आएको बेला यो वर्ष निरन्तर दुुखद खबर आएपछि संरक्षणकर्मी आत्तिएका छन् ।

‘गलेर पोस्टमार्टम गर्न नसकिने अवस्थामा माउ र केटा एकै ठाउँमा मृत भेटिएका हुन्’, प्रमुख संरक्षण अधिकृत बराल भन्छन्, ‘माउको खाग काटेर लगेकाले त्यो चोरी सिकारीले मारेकै हो भन्न कठिन भएन’ झन्डै तीन महिनाअघि ती माउ र बच्चा मारेको अनुमान निकुञ्जको छ । त्यो बेला निकुञ्जभित्र गोली चलेको थियो ।

निकुञ्जको पश्चिमी क्षेत्रमा पर्ने लखौनी क्षेत्रमा नेपाली सेनाको गस्ती टोलीले कुहिएको अवस्थाका ती गैँडा फेला पारेको हो । भर्खरै बच्चा जन्माएर सुत्केरी अवस्थामै रहेको गैँडाको माउ मारेपछि त्यो सानो बच्चा पनि मरेको हुनसक्ने निकुञ्ज सुरक्षाकर्मीको अनुमान छ । अघिल्लो दिन माउ र बच्चाको मृत शरीर व्यवस्थापन गर्न नपाउँदै निकुञ्जकै पश्चिमी क्षेत्रमा नै बिहीबार खागविहीन अवस्थामा थप गैँडाको अस्थिपञ्जर भेटियो ।

‘त्यो गैँडा पाँच/छ महिनाअघि मारेर फालेको हुनुपर्छ । खागविहीन अवस्थामा भेटिएको मृत गैँडाको हाडखोर मात्रै छ’, प्रमुख संरक्षण अधिकृत बरालले भने । त्यसो त यसअघि भदौ तेस्रो साता पनि सोही क्षेत्रमा चोरी सिकारीले मारेको आशङ्कामा एक गैँडा भेटिएको थियो । मृत गैँडाको टाउको र ढाडमा चोट भएकाले चोरी सिकारीले नै गँैडा मारेको निकुञ्ज सुरक्षाकर्मीको भनाइ छ ।

यसरी पछिल्लो समय चितवन राष्ट्रिय निकुञ्जभित्र एकपछि अर्को गैँडा मार्न चोरी सिकारी सफल भएका छन् । साउन यता चालू आर्थिक वर्ष ०७७÷७८ मा भेटिएका १२ वटा मृत गैँडामध्ये चारवटा चोरी सिकारीले मारेको निकुञ्जसँग तथ्याङ्क छ ।

चितवन निकुञ्जमा चोरी सिकारीले विगत चार वर्षयता कुनै पनि गैँडा मार्न नसकेको बेला अहिले एक्कासि भटाभट गैँडा मारेर खाग लान सफल भएका छन् । २०७३ चैत यता चार निकुञ्जभित्र चोरी सिकारीले गैँडा मार्न सकेका थिएनन् । आर्थिक वर्ष ०७६/७७ मा निकुञ्जमा २६ वटा गैँडा मरेकामा सबै कालगतिले मरेका थिए ।

चोरी सिकारीले मारेको गँैडा भेटिएसँगै निकुञ्जमा चोरी सिकारी लामो समयपछि सलबलाउन थालेका छन् । लामो समयदेखि निकुञ्जमा बाघ, गैँडा संरक्षण अभियानमा जुटेका निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत रामप्रीत यादव कोरोना सन्त्रासका बेला नियमित गस्ती तथा सुरक्षाका गतिविधि कम भएको बताए । उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार  ७ : ३३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको