४ भदौ २०८३, बिहिबार | August 20, 2026

नवलपुरमा पोथी गैँडा मृत फेला



नवलपुर। नवलपुरको कावासोती–१५, अमलटारीस्थित गुन्द्रही ढकाहा सामुदायिक वन क्षेत्रमा एक पोथी गैँडा मृत फेला परेको छ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार सोमबार साँझ पानी पिउन निस्किएको गैँडा मंगलबार बिहान मृत अवस्थामा भेटिएको हो। उनले उक्त गैँडा बूढो र बिरामी रहेको बताए।

गैँडा पानी पिएपछि बाहिर निस्कन नसकेपछि निकुञ्जका कर्मचारी र सामुदायिक वनका टोलीले बाटो खोलेर सहज बनाइदिए पनि केही टाढा पुगेपछि ढलेर मरेको गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष नरबहादुर महतोले जानकारी दिए।

मृत गैँडाको अगाडिको खुट्टामा समस्या देखिएको र खाग तथा खुर सुरक्षित रहेको निकुञ्जले जनाएको छ। चालु आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा मरेको यो पहिलो गैँडा हो। गत आर्थिक वर्षमा भने २८ वटा गैँडा मृत फेला परेका थिए।

प्रकाशित मिति : १० भदौ २०८२, मंगलबार  १ : ०८ बजे

धौवादी फलाम खानीबाट नौ करोड ६० लाख धाउ उत्खननको योजना

काठमाडौं । धौवादी फलाम कम्पनी लिमिटेडले नवलपरासीको हुप्सेकोट गाउँपालिका–५, धौवादीमा

सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान

चितवन । चितवनमा रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक

घोराहीमा ट्याक्टर र अटो ठोक्किँदा एकजनाको मृत्यु

काठमाडौं । दाङको घोराही उपमहानगरपालिका-७ बेसाहीमा ट्याक्टर र अटो एकआपसमा

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर रावल नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर रावल नियुक्त

भोजपुरका गाउँमा फलेका आलु सहरका भान्सामा

भोजपुर । भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको आलु पछिल्लो समय