२० आश्विन २०८३, मंगलबार | October 7, 2026

नवलपुरमा गैडा मृत अवस्थामा फेला



नवलपुर । नवलपुर जिल्लाको पूर्वी क्षेत्र, विनयी त्रिवेणी गाउँपालिका–१, ज्यामिरे खोलाको किनारमा एक भाले गैडा मृत अवस्थामा फेला परेको छ।

आज बिहान चितवन राष्ट्रिय निकुञ्जका कर्मचारीहरूले अन्दाजी १५ वर्ष उमेरको गैडा मृत भेटिएको जानकारी प्रहरीलाई दिएका थिए। प्रारम्भिक अनुमानअनुसार उक्त गैडा करिब १र२ महिना अगाडि नै मरेको देखिन्छ।

जानकारी प्राप्त भएलगत्तै इलाका प्रहरी कार्यालय दुम्किबासबाट प्रहरी निरीक्षक राजन प्रसाद तिम्सिनाको कमाण्डमा ५ जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो। निकुञ्जका कर्मचारीहरू पनि घटनास्थलमा पुगेर अनुसन्धान थालेका छन्।

मृत गैडा भेटिएको स्थान इलाका प्रहरी कार्यालय दुम्किबासदेखि करिब ३ किलोमिटर दक्षिणमा पर्दछ। मृत्युको कारण खुल्न बाँकी रहेकाले घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  १२ : ४२ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला । गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ ।

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ । नेपाली कांग्रेसको पार्टीको १५औँ महाधिवेशन अन्तरर्गतको निर्वाचनका लागि

शिक्षा पत्रकार समूहको अध्यक्षमा जनक नेपाल चयन

काठमाडौँ । शिक्षा पत्रकार समूहको १३औँ अधिवेशनबाट पत्रकार जनक नेपालको

दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम

काठमाडौं । यस वर्ष विजया दशमीको साइत कात्तिक ४ गते