२७ कार्तिक २०८२, बिहिबार | November 13, 2025

घरघरमै तिहारको माला



काठमाडौं । फूल उत्पादक किसान तथा व्यवसायीले यसपटकको तिहारमा अनलाइन कम्पनीसँग सहकार्य गरेर घरघरमै फूलमालाको सेवा दिने तयारी गरेको छ ।

कोरोना भाइरसको डरले मानिस घरबाहिर निस्किनका लागि स्वास्थ्य जोखिम बढ्दै गएको हुँदा फूल व्यवसायीले नजिकिँदै गरेको तिहारमा अनलाइनमार्फत मागअनुसार घरघरसम्म फूलमालाको सेवा दिने तयारी गरेको हो ।

फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष कुमार कसजू श्रेष्ठले यसपटक कोरोनाका कारण मानिस फूलका माला किन्नलाई बजारमा भीडभाड गर्दा स्वास्थ्य जोखिमको डर भएकाले अनलाइन कम्पनीसँग मिलेर फूल मालाको सेवा उपभोक्ताको घरदैलोसम्म दिनसक्ने गरी तयारी गरेको जानकारी दिए ।

उनले दराजजस्ता अनलाइन कम्पनीसँग सहकार्य गरेर केही फूल व्यवसायीले अनलाइन कारोबार पनि सुरु गरिसकेको जानकारी दिए । उनले भने, ‘फूल उत्पादक साथीहरूले लकडाउनदेखि नै आफ्नो फेसबुक पेजमार्फत अर्डर लिएर घरदैलोसम्म सेवा दिँदै आउनुभएको छ । तिहारमा फूलको बढी कारोबार हुने भएकाले अनलाइन कम्पनीमार्फत कारोबार गर्ने तयारी गरेका छौँ ।’

अध्यक्ष श्रेष्ठले अनलाइनबाट अर्डर गरिएको फूलमाला बजार मूल्यअनुसार नै उपलब्ध गराइने र कसैले बजार मूल्यभन्दा बढी लिएमा एसोसिएसनमा जानकारी गराउन पनि स्पष्ट पारे । एसोसिएसनका अनुसार यो वर्ष सयपत्रीको प्रतिमाला ६० देखि ७० रुपियाँ र मखमलीको प्रतिमाला ३० देखि ३५ रुपियाँ तिर्नुपर्ने गरी मूल्य निर्धारण गरिएको छ ।

एसोसिएसनले भारतीय फूल तथा माला आयातमा रोक लगाउने अभियान थालेको छ । कोभिड-१९ कारण फूलको माग ४० प्रतिशतसम्म घट्ने अवस्था र नेपालमै पर्याप्त फूल उत्पादन भएकाले व्यवसायीले आयातमा रोक लगाउने अभियान थालेका हुने । एसोसिएसनले नेपालमा फूल र माला भित्रिने सिन्धुलीको झाँगाझोली, हेटौँडाको रातामाटा र नौबिसे नाकामा गस्ती गरेर भारतबाट आउने फूल नष्ट गर्ने अभियान थालेको छ ।

तिहार नजिकिएकाले शनिबारदेखि भारतबाट फूल आउन सक्ने भएकाले गस्तीलाई कडा पार्नेगरी तयारी भएको एसोसिएसनका अध्यक्ष श्रेष्ठले जानकारी दिए । यस अभियानअन्तर्गत अघिल्लो साता भैँसेपाटीबाट १० हजार सयपत्रीका माला जफत गरी नष्ट गरेको जनाएको छ । उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार  ७ : ३८ बजे

रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी

जेनजी आन्दोलनको भावनाअनुरुप सेवा प्रवाह गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनको भावना र मर्मअनुसार

पैँतीस उद्योगद्वारा २३ करोड ८७ लाख बक्यौता विद्युत महसुल असुल,३ उद्योगले अझै तिरेनन् किस्ता

काठमाडौँ । लोडसेडिङको समयमा ‘डेडिकेटेड’ तथा ‘ट्रङ्क लाइन’ संरचनाबाट विद्युत्

राष्ट्रिय परिचयपत्र भएका नेपालीले घर/कार्यस्थलबाटै मतदाता नामावली दर्ता गर्न सक्ने

काठमाडौँ। मतदाता नामावलीमा समावेश हुन अव आयोग अन्तर्गतको कार्यालयमा जान

‘युवा पुस्तालाई मतदानको अवसर प्रदान गर्न मतदाता नामावली ऐन संशोधन गरिएको हो ’

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै समयमा निर्वाचन सम्पन्न गरी