६ श्रावण २०८३, बुधबार | July 22, 2026

घरघरमै तिहारको माला



काठमाडौं । फूल उत्पादक किसान तथा व्यवसायीले यसपटकको तिहारमा अनलाइन कम्पनीसँग सहकार्य गरेर घरघरमै फूलमालाको सेवा दिने तयारी गरेको छ ।

कोरोना भाइरसको डरले मानिस घरबाहिर निस्किनका लागि स्वास्थ्य जोखिम बढ्दै गएको हुँदा फूल व्यवसायीले नजिकिँदै गरेको तिहारमा अनलाइनमार्फत मागअनुसार घरघरसम्म फूलमालाको सेवा दिने तयारी गरेको हो ।

फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष कुमार कसजू श्रेष्ठले यसपटक कोरोनाका कारण मानिस फूलका माला किन्नलाई बजारमा भीडभाड गर्दा स्वास्थ्य जोखिमको डर भएकाले अनलाइन कम्पनीसँग मिलेर फूल मालाको सेवा उपभोक्ताको घरदैलोसम्म दिनसक्ने गरी तयारी गरेको जानकारी दिए ।

उनले दराजजस्ता अनलाइन कम्पनीसँग सहकार्य गरेर केही फूल व्यवसायीले अनलाइन कारोबार पनि सुरु गरिसकेको जानकारी दिए । उनले भने, ‘फूल उत्पादक साथीहरूले लकडाउनदेखि नै आफ्नो फेसबुक पेजमार्फत अर्डर लिएर घरदैलोसम्म सेवा दिँदै आउनुभएको छ । तिहारमा फूलको बढी कारोबार हुने भएकाले अनलाइन कम्पनीमार्फत कारोबार गर्ने तयारी गरेका छौँ ।’

अध्यक्ष श्रेष्ठले अनलाइनबाट अर्डर गरिएको फूलमाला बजार मूल्यअनुसार नै उपलब्ध गराइने र कसैले बजार मूल्यभन्दा बढी लिएमा एसोसिएसनमा जानकारी गराउन पनि स्पष्ट पारे । एसोसिएसनका अनुसार यो वर्ष सयपत्रीको प्रतिमाला ६० देखि ७० रुपियाँ र मखमलीको प्रतिमाला ३० देखि ३५ रुपियाँ तिर्नुपर्ने गरी मूल्य निर्धारण गरिएको छ ।

एसोसिएसनले भारतीय फूल तथा माला आयातमा रोक लगाउने अभियान थालेको छ । कोभिड-१९ कारण फूलको माग ४० प्रतिशतसम्म घट्ने अवस्था र नेपालमै पर्याप्त फूल उत्पादन भएकाले व्यवसायीले आयातमा रोक लगाउने अभियान थालेका हुने । एसोसिएसनले नेपालमा फूल र माला भित्रिने सिन्धुलीको झाँगाझोली, हेटौँडाको रातामाटा र नौबिसे नाकामा गस्ती गरेर भारतबाट आउने फूल नष्ट गर्ने अभियान थालेको छ ।

तिहार नजिकिएकाले शनिबारदेखि भारतबाट फूल आउन सक्ने भएकाले गस्तीलाई कडा पार्नेगरी तयारी भएको एसोसिएसनका अध्यक्ष श्रेष्ठले जानकारी दिए । यस अभियानअन्तर्गत अघिल्लो साता भैँसेपाटीबाट १० हजार सयपत्रीका माला जफत गरी नष्ट गरेको जनाएको छ । उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार  ७ : ३८ बजे

प्रधानमन्त्री शाहले आज हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल हस्तकला महासङ्घका प्रतिनिधिहरूसँग

एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन

सुनचाँदीको मूल्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ

पहिरो खस्दा आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

काठमाडौं । अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न