४ पुस २०८२, शुक्रबार | December 20, 2025

दाङका थप एक कोरोना संक्रमितको भेरी अस्पताल नेपालगन्जमा मृत्यु



नेपालगन्ज । कोरोना सक्रमणका कारण नेपालगन्जमा थप एक जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका १५ का ५९ बर्षीय एक पुरुषको कोरोनाका कारण बाँकेमा मृत्यु भएको हो ।

घोराही उपमहानगरपालिका वडा १५ का ती पुरुषको नेपालगन्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा शनिवार बिहान ५:२५ मृत्यु भएको बाँके कोभिड-१९ बिपद ब्यवस्थापन केन्द्रका कोरोना फोकलपर्शन नरेश श्रेष्ठले जानकारी दिए ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको पिसिआर परीक्षणका क्रममा उनलाई कात्तिक ६ गते कोरोना संक्रमन पुष्टि भएको थियो । उनको कात्तिक २० गतेसम्म कोरोना विशेष अस्पताल बेलझुण्डी दाङमा उपचार गरिएको थियो ।

संक्रमितको स्वास्थ्य थप जटिल बन्दै गएपछि कात्तिक २० गते बेलुका उनलाई बाँकेस्थित भेरी अस्पताल थप उपचारका लागि लगिएको थियो ।

योसंगै दाङमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

साथै बाँकेमा ६३ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । त्यसमध्ये २८ जना बाहिरी जिल्लाबाट उपचारका लागि बाँके लगिएकाहरु छन् भने अन्य ३५ जना बाँके जिल्लाका रहेका छन ।

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार  ९ : २३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको