१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

कल्याणकारीको साधारण सभा : सहकारी शेयर सदस्य मैत्री हुनु पर्नेमा जोड



बुटवल । कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २० औ वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । साधारण सभामा वोल्नेहरुले सहकारी संस्थाहरु शेयरसदस्य मैत्री हुनु पर्नेमा जोड दिएका छन ।

सहकारीको मुल मर्म भनेकै शेयर सदस्यहरुलाई आर्थिक लाभ दिन र समस्या परेको समयमा सजिलै रकम उपलब्ध गराउन सक्नु पर्नेमा वत्ताहरु कथटन रहेको थियो ।

कार्यक्रममा जिल्ला सहकारी संघ रुपन्देहीका उपाध्यक्ष तथा कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्थाका निर्वतमान अध्यक्ष डोल प्रसाद अर्यालले एक व्यक्ति एक सहकारीलाई अनिवार्य व्यवहारमा पालना गर्न आग्रह गरे ।

उनले एक स्थानिय तहमा समान प्रकृतिको एक भन्दा बढी सहकारीमा शेयर सदस्य नहुन र भएको भए त्यसलाई व्यवस्थापन गठर्न माग गरे । उपाध्यक्ष अर्यालले सहकारी संस्थाहरुले सामाजिक उत्तरदाईत्यलाई पनि ध्यानमा राखी वार्षिक कार्यक्रममा समेटन पर्नेमा जोड दिए ।

साधारणमा ७० वर्ष पुराभएका संस्थाका शेयर सदस्य कुल ध्वज लामा ,कृष्ण बहादुर रानामगर, वर्ण बहादुर राना र नारायण प्रसाद भण्डारीलाइ पेन्सन वार्फतको जनही नगद ६ हजार प्रदान गरियो भने सहकारीका जेष्ठ शेयर सदस्य पदम बहादुर पाण्डे र लिला देवि अर्याललाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

साधारण सभाले अध्यक्ष लक्ष्मण आचार्य क्षेत्रीले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष टंक कुमार खडकाले प्रस्तुत गरेको आर्थिक वर्ष २०७७ ।०७८ को अनुमानित वार्षिक बजेट, र सहकारीको नियमावली संशोधन सम्बन्धमा उपाध्यक्ष डोल राज पाण्डेले प्रस्तुत गरेको प्रतिवेदन पारित गरेको सचिव कृष्ण प्रसाद ज्ञवालीले बताए ।

साधारण सभामा बालुराम गिरीले लेखा समितिको प्रतिवेदन, देउ प्रसाद पुनले मुल्याङकन तथा अनुगमन उप समितिको प्रतिवेदन, र यज्ञ प्रसाद पंगेनीले शिक्षा उप समितिको प्रतिवेदन प्रस्तुत गरेको सहकारीका व्यवस्थापक लालकाजी राजभण्डारीले बताए ।

साधारण सभामा संस्थाका सल्लाहकार नवराज श्रेष्ठ शेयर सदस्य हरि प्रसाद रेग्मीले सहकारीलाई सिस्टममा संचालन गरियो भने शेयर सदस्यहरुको लगानी सुरक्षित हुने धारणा राखेका थिए ।

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार  ८ : २७ बजे

विश्वकप लिग-२ : आज नेपाल र यूएई भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपाल र

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई

आज १३७ औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

काठमाडौं । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ

आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण

काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा

आज २५७० औँ बुद्ध जयन्ती मनाइँदै

काठमाडौं । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५७०औँ