१२ बैशाख २०८१, बुधबार | April 24, 2024

बुटवलको आइसोलेशन : आयुर्वेद,योगा र आत्मबल बढाउने स्थल



बुटवल । कोरोना संक्रमण भएर बुटवलको आइसोलेशन सेन्टरमा भर्ना हुन आएकाहरुमध्ये अधिकांशले कोरोना जितेका छन् । लक्षणसहित भर्ना हुन आएका देखि कन्ट्रयाक ट्रेसिङमा परेकाहरु सबैजसोले कोरोना जितेका हुन ।

योगा, आयुर्वेद र घरायशी वातावरणसहितको मुलुककै नमुना आइसोलेशनका रुपमा रहेको बुटवल-११, देविनगरस्थित बुटवल कोरोना विशेष आइसोलेशन सेन्टरमा आएकामध्ये अधिकांशले कोरोना जितेका हुन ।

बुटवल उपमहानगरपालिकामा रहेको तथ्यांक अनुसार हालसम्म एन्फा आईसोलेसन सेन्टरमा भर्ना भएका ३०० जना कोभिड संक्रमित मध्ये दुई ९० जनाले कोरोना जितेका छन् । यतिधेरै भर्ना भएका र कोरोना जितेको यो संख्या प्रदेशमै धेरै रहेको दाबी गरिएको छ । अहिले उक्त सेन्टरमा १० जना रहेका छन् । उनीहरुले पनि योगा, आयुर्वेद र स्वास्थ्यकर्मी एवम् जनप्रतिनिधिको निरन्तरको हौसलाले मनोबल बढाइरहेका छन् ।

योगा, आयुर्वेद र जनप्रतिनिधि नै होम आइसोलेशन र एन्फा आइसोलेशनमा हौसला बढाउन पुगेपछि कोरोना संक्रमितहरु निको हुने दर बढ्दै गइरहेको छ । एन्फामा कोरोना जित्नेहरुलाइ बिदाइ गर्दै बुटवल उपमहानगरका प्रमुख शिबराज सुवेदीले कोरोना जितेपछि समाजलाइ थप योगदान गर्न समेत सुझाब दिए ।

एन्फा आइसोलेशनमा संक्रमितको रेखदेमा खटिएका बुटवल उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक मिनप्रसाद खनालले जनप्रतिनिधि र स्वास्थ्यकर्मीको निरन्तरको निगरानीले संक्रमितलाई अलग्गै बसेको अनुभूति नै नहुने बताए ।

एन्फामा भर्ना भएर सात दिनमै कोरोना संक्रमण जितेका बुटवलका पत्रकार माधव पौडेलले बुटवलको आइसोलेशन सेन्टरमा घरायशी वातावरण रहेको बताए । उनले चाडपर्वका बेलामा हौसला बढाउन प्रमुख सुवेदी प्राय त्यहाँ जाने गरेको स्मरण गर्दै पत्रकार पौडेलले निरन्तर रेखदेख गर्नुका साथै मनोबल बढाउने काममा सबै केन्द्रित रहेको पाइएको बताए ।

टोलटोलबाट सोधीखोजी गर्दै निशुल्क परीक्षण

बुटवलमा संक्रमित भएकामध्ये लक्षण देखिएकाहरुलाई पहिलो प्राथमिकतामा राखेर आइशोलेशनमा राख्ने र कन्ट्रयाक टेसिङ गरि निःशुल्क पीसीआर परीक्षण गरिएको छ । यो कामका लागि टोलटोलबाट सोधीखोजी गर्दै नामावली संकलन गरिएको प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।

कन्ट्याक्ट् ट्रेसिङ र निशुल्क परीक्षणको कामलाई जारी राख्ने भन्दै हालै बसेको ६८ औं कार्यपालिका बैठक र कोरोना महामारी नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकले समेत निर्णय गरेको थियो । संघीय सरकारले नयाँ मापदण्ड बनाएको कुरा सार्वजनिक भईरहेका बेला बुटवलमा भने पहिलेकै जस्तै नियमित रुपमा निशुल्क परीक्षण जारी राखेको छ । कात्तिक ३ गतेदेखि हालसम्म करिब एक सय जनाको स्वाब संकलन गरी पीसीआर जाँच गर्न पठाइएको स्वास्थ्य शाखाका प्रमुख कुन्दनकुमार सिंहले जानकारी दिए ।

आयुर्वेद बोकेर संक्रमितको घरदैलोमा जनप्रतिनिधि

कोरोना संक्रमित भई होम आइसोलेसनमा बसेकाहरुका लागि उपमहानगरले भिटामिन बी,सी,डी र ई, अमला र गिलोयोको चूर्ण, जीङ्ग ट्याब्लेट, पेन्टाप्राजोल टेबलेट र सिटामोल सहितका औषधीसहितको पोको बोकेर जनप्रतिनिधिहरु संक्रमितको घरघरमा पुगेका छन् ।

उपमहानगरका प्रमुख सुवेदी, उपप्रमुख आचार्य, प्रवक्ता रामप्रसाद रेग्मी तथा सम्बन्धित वडाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्मासहितको टोलीले संक्रमितको घरघरमा पुगेर हौसला बढाउने काम गरेका छन् । आयुर्वेद ओखती र जडिबुटी सहित स्वास्थ्यलाभको पत्र बोकेर उनीहरू घरघरमा पुगेका हुन् ।

बुटवलले मुलुकमै पहिलोपटक कोरोना संक्रमण भएर होम आइसोलेसनमा बसेकालाई घरमै गएर भेट्ने कार्यक्रम सुरु गरेको थियो । महामारी नियन्त्रणमा बुटवलमा भएका नमुना काम मध्येको यो पनि एउटा हो । करिब आठ सय जनालाई घरघरमा पुगेर रोग प्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेद ओखती प्रदान गरिएको स्वास्थ्य शाखाले जानकारी गराएको छ ।

होम आइसोलेशनमा बसेकालाई नाम टिपाउन अपील

कोरोना संक्रमित भई होम आइसोलेसनमा बसेकाहरुले सम्बन्धित टोल विकास संस्था वा वडाका जनप्रतिनिधिलाई नाम टिपाउन उपमहानगरले अपील गरेको छ ।

संक्रमितका लागि घरदैलोमा पुग्नेदेखि अक्सिजन सिलिण्डरसहितका एम्बुलेन्स र स्वास्थ्यकर्मी पठाउन सहज हुने भएकाले नाम र अवस्था टिपाउन आग्रह गरिएको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बताए ।

बुटवलले यहाँ डायलासिस गराउने जुनसुकै विरामीका लागि पनि निःशुल्क स्वास्थ्य परीक्षण गर्नुका साथै, सहयोगापेक्षी सडकमानवलाई तत्कालै उद्दार गरेर आश्रममा राख्ने, परीक्षण गर्नेसम्मका उदाहरणीय काम गर्दै आएको छ । यस्तै समुदायस्तरमा कन्ट्रयाक्ट् ट्रेसिङदेखि डेंगू रोगका विरुद्धको समेत संगसंगै अभियान सञ्चालन गरिरहेको स्वास्थ्य, जनशंख्या तथा शिक्षा महाशाखा प्रमुख मित्रमणी खनालले बताए ।

सुत्केरीलाई घरमै पुगेर पोषण

यसैबीच बुटवलले गरेको अर्को नमुना काममध्ये सुत्केरीलाई घरमै पुगेर पोषण सामग्री प्रदान पनि रहेको छ । करिब तीन सय जना सुत्केरी महिलालाई महामारीकै बीचमा घरमा सुरक्षा मापदण्ड अपनाएर पोषण सामग्री वितरण गररिएको स्वस्थ्य शाखाका कर्मचारी गीता शर्मा पाण्डेले जानकारी दिइन ।

झण्डै पाँच हजार जना होम क्वारेन्टिन र आइसोलेशनमा

बुटवल उपमहानगरका १९ वटै वडालाई लक्षित गरेर होम क्वारेन्टाइन र आइसोलेशन निर्माण गरिएका छन् । त्यसका अतिरिक्त बुटवलमा घरमै मापदण्ड पुरा गरेर होम क्वारेन्टिन र आइसोलेशनमा बस्ने व्यवस्था पनि मिलाइएको छ ।

क्वारेन्टिन र आइसोलेशनमा गरि करिब पाँच हजार जना रहेका छन् भने दुई हजार चार सय ७४ जना र होम आइसोलेसनमा झण्डै दुई हजारजना रहेका छन ।

 

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार  ८ : ३२ बजे

उज्यालो बन्दै बुटवल, नगरका अधिकांश चोकहरुमा धमाधम हाइमाष्ट लाईट जडान गरिँदै

बुटवल । सडक बत्तिको उचित प्रबन्ध नहुँदा अँध्यारो चोकहरुको फाइदा

पुर्खाले नुन बोक्ने परम्परागत मार्ग र बुटवलको व्यवसायिक सम्भावना

बुटवल । सिद्धार्थ राजमार्ग निर्माण हुनुपूर्व नेपालको मध्ये भागका अञ्चलहरु

स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रमा नयाँनयाँ चुनौतीहरू

शिक्षामन्त्री श्रेष्ठको आग्रह- शिक्षालयलाई दलीय राजनीतिको चपेटाबाट बाहिर निकालौं

काठमाडौं । शिक्षामन्त्री सुमना श्रेष्ठले शिक्षालयलाई दलीय राजनीतिको चपेटाबाट बाहिर

सडक दुर्घटनामा तीन जनाको मृत्यु

झापा । झापाको शिवसताक्षी-८ झिलझिलेमा आज बिहान भएको सडक दुर्घटनामा