१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि बाजुराको टाँटे स्वाथ्यचौकी सिल



बाजुरा । बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकामा रहेको टाँटे स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीमा आइतबार कोरोना पुष्टि भएको छ ।

स्वास्थ्यचौकीमा कार्यरत ४५ वर्षीय एक कर्मचारीमा आइतबार कोरना पुष्टी भएपछि स्वास्थ्य चौकी तीन दिनका लागि सिल गरिएको टाँटे स्वास्थ्य चौकीले जनाएको छ । स्वास्थ्य चौकी सिलपछि अति आवश्यक सेवा बाहेकका अन्य सेवा बन्द गरिएको छ ।

शुक्रबार गरिएको १२ जनाको स्वाव संकलनमा एक जना स्वाथ्यकर्मीमा कोरना देखिएको स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले जानकारी दिएका छन् ।

उनले दिएको जानकारी अनुसार स्वाव संकलन गरी अछाम जिल्लाको कमलबजार स्वास्थ्य चौकीमा गरिएको पिसिआर परिक्षणमा १२ जनामध्ये एक जना स्वास्थ्यकर्मीमा कोरना पुष्टी भएको थियो ।

स्वास्थ्यकर्मीलाई कोरोना पुष्टी भएपछि स्वास्थ्य चौकीमा कार्यरत अन्य कर्मचारीको पनि सम्पर्कका आधारमा स्वाव संकलन गरिने बुढीगंगा स्वास्थ्य शाखा प्रमुख दीपक शाहले बताए ।
कर्मचारीहरुको पिसिआर रिपोर्ट आएपछि मात्र स्वास्थ्य चौकीमा सेवा दिईने उनले बताए ।

यस्तै जिल्ला अस्पताल बाजुराका २२ जनाको पिसिआर परिक्षणका लागि शनिबार डोटीमा पठाइएको स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत पन्तले जानकारी दिए । जिल्लामा आइतबारसम्म कोरना संक्रमित हुनेको संख्या पाँच सय ८२ पुगेको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  ९ : ०१ बजे

यातायात कार्यालय बुटवलबाट दुई जना विचौलिया पक्राउ

बुटवल । यातायात व्यवस्था कार्यालय, बुटवल परिसरबाट प्रहरीले दुई जना

डीपी अर्याललाई सभामुख बनाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभापति डीपी अर्याललाई सभामुख

जनताप्रति उत्तरदायी बन्न सरकारलाई राप्रपाको आग्रह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानबहादुर शाहीले

गृहमन्त्री गुरुङद्वारा तीन अध्यादेश पेस

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री सुधन गुरुङले तीन अध्यादेश

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारणसभा तथा १४ अधिवेशनको तयारी पुरा

बुटवल । पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारणसभा