१४ फाल्गुन २०८२, बिहिबार | February 26, 2026

नेकपा विवाद : पार्टी जोगाउन मिलेर अघि बढ्न ओलीको प्रस्ताव



काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको शक्ति संघर्ष उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई फुटबाट जोगाउन सहकार्य गरेर अघि बढ्न वरिष्ठ नेता माधवकुमार नेपालसँग प्रस्ताव गरेका छन् ।

ओली र नेपालको सम्बन्ध चिसिँदै आइरहेको अवस्थामा प्रधानमन्त्री ओलीले नै सम्बन्ध सुधारेर अघि बढ्न प्रस्ताव गरेका हुन् । पार्टी अध्यक्ष पुष्पकमल दाहालसँगको मतभेद बढिरहेको समयमा प्रधानमन्त्री ओलीले पार्टीभित्र बहुमत जुटाउन वरिष्ठ नेता नेपालसँग सहकार्यको प्रस्ताव गरेका हुन् । ओलीले सहकार्यका लागि नेपाललाई प्रस्ताव गरे पनि सहमति हुन सकिरहेको छैन ।

अध्यक्ष दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र नेपाल, उपाध्यक्ष वामदेव गौतम, सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले सामूहिक रूपमा अध्यक्ष ओलीसँग भेटेर शनिबार लिखित रूपमै सचिवालय बैठक बस्नुपर्ने आग्रह गरेको भोलिपल्ट (आइतबार) ओली र नेपालबीच छलफल भएको छ ।

नेकपा स्रोतका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच तीन घण्टा लामो छलफल भएको छ । छलफलका लागि ओलीले नेपाललाई एक्लै बोलाए पनि उनी आफू निकटका स्थायी कमिटी सदस्यत्रय भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तलाई सँगै लिएर बालुवाटार पुगेका थिए ।

छलफलमा सहभागी एक नेताका अनुसार प्रधानमन्त्री ओलीले पार्टीभित्र देखिएको विवाद समाधान गर्न वरिष्ठ नेता नेपालाई मिलेर अगाडि बढ्नुपर्ने प्रस्ताव गरेका हुन् । पार्टी एकताका बाँकी काम टुंगो लगाउने, पार्टी र सरकार सञ्चालनका साथै हाल देखिएको विवाद समाधानका लागि मिलेर अगाडि बढ्नुको विकल्प नभएको ओलीको भनाइ थियो ।

छलफलको सुरुवात प्रधानमन्त्री ओलीले मिर्गौला प्रत्यारोपणपछि झनै जोस बढेर गएको अनुभव सुनाउँदै गरेका थिए । पहिलेको तुलनामा अहिले आफ्नो स्वास्थ्य राम्रो हुँदै गएको र सेता दारीसमेत कालो हुँदै जान थालेकाले जोस र उमंग अझै बढेको बताएका थिए । ‘पार्टीभित्र देखिएको विवाद समाधानका लागि मिलेर अगाडि बढौं,’ ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘अपरेसनपछि झनै जोस बढेको छ, फुलेका जुँगा कालो हुन थालेको छ ।’

वरिष्ठ नेता नेपालले फराकिलो सोच बनाएर नेतृत्व गर्न प्रधानमन्त्री ओलीलाई सुझाव दिए । पार्टी र सरकार सञ्चालन विधि, प्रक्रिया, पद्धति एवं विधानअनुसार हुनुपर्नेमा जोड दिँदै आएका नेता नेपालले सबैलाई मिलाएर अगाडि बढ्नुपर्ने सुझाव दिएको छलफलमा सहभागी एक नेताले बताए । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  ७ : ४३ बजे

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा, चुनावी प्रक्रियाबाट बसे टाढा

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति गएका छन् ।

तटबन्ध निर्माणपछि सुरक्षित बन्यो कुतियाकवर

कञ्चनपुर । जोगबुढा नदीमा तटबन्ध निर्माण भएपछि बाढीबाट प्रभावित हुँदै

बैतडीमा चुनावी प्रचारका क्रममा रास्वपा-एमाले कार्यकर्ताबीच झडप, दुई घाइते

बैतडी । बैतडीमा चुनाव प्रचारप्रसारका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

मुख्य दलका पूर्वाधार ‘एजेन्डा’ : द्रुत मार्गदेखि ‘स्मार्ट ग्रिड’सम्मका प्रतिबद्धता

काठमाडौं । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन

धार्मिक एकताको नमूना : म¥याङडाँडामा त्रि-धार्मिक संरचना निर्माण

भोजपुर । धार्मिक विविधताबीच एकता, सहअस्तित्व र आपसी सद्भाव कायम