१६ बैशाख २०८१, आइतबार | April 28, 2024

दरौंदीको पानी गोरखा बजारसम्म पु-याउने आयोजना सम्पन्न हुँदै



गोरखा । दरौंदी खोलाको पानी गोरखा नगरपालिकामा पु-याउन सुरु भएको बृहत पम्पिङ खानेपानी आयोजनाको काम सम्पन्न हुने चरणमा पुगेको छ ।

खानेपानी मन्त्रालय अन्तर्गतको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना लमजुङले उक्त आयोजनाको भौतिक प्रगति करिब ९८ प्रतिशत सकिएको जनाएको छ ।

दरौदी गोरखा बृहत पम्पिङ खानेपानी तथा सरसफाई आयोजना नामाकरण गरेर नगरपालिकाको ३ नम्बर वडा देखि ९ वडासम्मका जनतालाई खानेपानी सेवा पु-याउन उक्त आयोजना सञ्चालन भएको हो ।

विशेष गरी दरौंदी खोलाको पानी लिफ्टिङ गरेर गोरखा बजारमा पु(याई वितरण गर्ने उद्देश्यले आयोजना सञ्चालन भएको हो । दरौंदी खोलाबाट पाँच तहसम्म पानी लिफ्टिङ गरेर गोरखा बजार दरबारसम्म पानी पु-याईएको आयोजना कार्यालयले जनाएको छ ।

दरौंदी खोलाबाट घलान, जलकिनी, काफलघारी, गैरीकुवा र उपल्लो कोट (गोरखा दरबार)सम्म पानी तानेर गोरखा बजारमा पुयाईएको आयोजना प्रमुख देवेन्द्र कुमार झाले बताए ।

उक्त आयोजनाबाट करिब साढे २४ हजार जनसंख्या प्रत्यक्ष लाभान्वित हुने आयोजना प्रमुख झाको भनाई छ । गोरखा नगरपालिकाको सो क्षेत्रमा ४ हजार ८ सय ५३ निजी धाराहरु जडान भईसकेको आयोजना प्रमुख झाले बताउनुभयो । यो आयोजनाको ठेक्का सम्झौता लागत रकम ४२ करोड ८ लाख १० हजार रुपैंयाँ रहेको छ ।

आयोजनाका प्रमुख झाले भने, ‘स्थानीय व्यक्तिहरुले विद्युतको काममा अवरोध गरेकाले केही समय काम ढिला भयो । तर अब आयोजनाको काम पुस मसान्तभित्र सकिने छ ।’

पानी प्रशोधन गर्ने प्लान्टमा पानी शुद्धीकरण गर्न फिल्टर मिडिया (ग्रेड अनुसारको गिटी बालुवा) राख्ने र फिनिसिङको काम मात्र बाँकी रहेको आयोजना प्रमुख झाले बताए। विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार पानी शुद्धीकरण गरेर आम उपभोक्तालाई वितरण गरिने उनले जानकारी दिए ।

यो आयोजना गोरखा जिल्लाकै एक नमुना र बृहत आयोजना हो । गोरखा बजारका आम उपभोक्तालाई सुरक्षित खानेपानी उपलब्ध गराउने उद्देश्यले सन् २०१६ मा खानेपानीको सर्भे गरिएको थियो ।

१५ बर्षका लागि डिजाइन गरिएको उक्त खानेपानी आयोजना निर्माणका लागि २०७४ असार २७ गते ठेक्का सम्झौता भएको थियो ।

आयोजना कार्यालयका अनुसार ३४ दशमलब ८७ किलोमिटर मुख्य पाइपलाइन तथा ९९ दशमलब ३ किलोमिटर वितरण लाइन र ७ वटा रिजर्भवायर ट्याङ्की मार्फत खानेपानी वितरण हुनेछ ।

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  ५ : २६ बजे

काठमाडौं महानगरका अस्पतालमा देशैभरका विपन्न र असहाय बिरामीले नि:शुल्क उपचार पाउने

नेपालगन्ज । काठमाडौं महानगरले देशैभरका अशक्त र गरिब बिरामीलाई नि:शुल्क

नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री

काठमाडौँ, १६ वैशाख स् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका

वेस्ट इन्डिज ए ले टस जित्यो, नेपालले पहिला फिल्डिङ गर्दै

काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको

यस्तो छ लगानी सम्मेलनको कार्यतालिका

काठमाडौं । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई