२ चैत्र २०८२, सोमबार | March 16, 2026

तनहुँमा एकैदिन ३० प्रतिवादी पक्राउ



तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार एकै दिन विभिन्न मुद्दाका फरार ३० प्रतिवादीलाई पक्राउ गरेको छ ।

विभिन्न अपराध एवं मुद्दामा संलग्न रही जिल्ला अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगोसमेत तिर्न बाँकी भई फरार रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार रहेका जिल्ला म्याग्दे गाउँपालिका ४ का ३० वर्षीय अनुपमणि अधिकारीलाई पक्राउ गरेको छ । उनीमाथि उच्च अदालत पाटनको २०७६ फागुन १९ गतेको फैसलाले तीन दिन कैद र दुई लाख ५० हजार रुपैयाँ जरिवाना तोकेको थियो ।

अदालतबाट फैसला भई तोकिएको उक्त कैद तथा जरिवाना भुक्तान नगरी फरार रहेका अधिकारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले बताए ।

त्यसैगरी कर्तव्य ज्यान मुद्दामा २०५३ पुस ११ गतेको फैसलामा फरार रहेका सात, सम्बन्धविच्छेद मुद्दाका ६, कुटपिट मुद्दाका ६, २०५४ साउन १६ गतेको फैसलामा फरार रहेका दुई र चोरी मुद्दाका एक जनालाई प्रहरीले पक्राउ गरिएको छ ।

त्यस्तै लुटपाट मुद्दामा एक, जालसाजी मुद्दामा एक, घरेलु हिंसा मुद्दाका एक, सवारी ज्यान मुद्दाका एक, केही सार्वजनिक अपराध मुद्दाका एक र गाली बेइज्जती मुद्दाका दुई गरी जम्मा ३० जनालाई पक्राउ गरिएको प्रनाउ तिमिल्सेनाले जानकारी दिए । पक्राउ परेकाबाट हुन आउने कैद एक महिना १८ दिन र जरिवाना तीन लाख ३७ लाख ९५० रुपैयाँ जरिवाना असुल भएको छ ।

उक्त कैद र जरिवाना भुक्तानका लागि तनहुँ जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालय तनहुँमा पेस गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । रासस

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  ७ : ०२ बजे

बाजुराको उच्च भेगमा वर्षात्संगै हिमपात हुँदा किसान खुसी

बाजुरा । यहाँस्थित उच्च लेकाली भेगमा गएरातिदेखि वर्षासँगै हिमपात भएको

अनुमति लिएर मात्र शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्न प्रशासनको निर्देशन

चितवन । यहाँस्थित जिल्ला प्रशासन कार्यालयले अनुमति नलिइ सञ्चालनमा ल्याइएका

प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

म्याग्दी । कपिलवस्तुको बाणगंगा नगरपालिका-४ का रामलाल चालिसे प्राकृतिक उपचारका

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा ल्याउन माग

भैरहवा । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई तत्काल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन

‘डेडिकेटेड’ र ‘ट्रंकलाइन’ महसुल विवाद : उद्योगीको मागदाबी नपुग्ने आयोगको निर्णय

काठमाडौं । विद्युत् नियमन आयोगले डेडिकेटेड र ट्रंक लाइन महसुल