४ पुस २०८२, शुक्रबार | December 19, 2025

अलपत्र श्रमिकको सहयोगार्थ पैसा पठाउन सहजीकरण गर्न एनआरएनएको आग्रह



काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएन) ले विदेशमा अलपत्र श्रमिकको सहयोगार्थ पैसा पठाउन सहजीकरण गर्न माग गरेको छ ।

संघले गैरआवासीय नेपाली संघका उपाध्यक्ष तथा श्रम तथा वैदेशिक रोजगार समितिका संयोजक डा. बद्री केसी र मन्त्री ज्ञवालीबीच सिहंदरवारमा भएको भेटमा उक्त माग गरिएको हो ।

भेटमा विशेषत मलेसिया, मध्यपूर्व एवंम अन्य विभिन्न मुलुकमा वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुको समस्याका बारेमा मन्त्री ज्ञवालीको ध्यानार्कषण गराइएको थियो ।

कोभिड–१९ को महामारीका कारण विदेशमा अप्ठ्यारोमा परेका श्रमिकहरुको सहयोगको लागि नेपालबाट पैसा पठाउने प्रकृयालाई सहजीकरण गर्न मन्त्री ज्ञवालीसँग अनुरोध गरिएको थियो ।

भेटमा उपाध्यक्ष केसीले गैरआवासीय नेपाली संघको सकृयतामा स्थापना हुन लागेको एनआरएनए फाउण्डेशनको दर्ता प्रकृयाको लागि आवश्यक कानुनी व्यवस्था गर्न आग्रह गरेका छन् ।

यस्तैमन्त्री ज्ञवालीले गैरआवासीय नेपाली संघले कोभिड १९ को महामारीमा संघले खेलेको भूमिका प्रति खुसी व्यक्त गरे । मन्त्री ज्ञवालीले संघले उठाएका विषयमा मन्त्रालयका अधिकारीहरुसंग छलफल गरेर अघि बढ्ने प्रतिवद्धता जनाए ।

भेटमा गैरआवासीय नेपाली संघका कार्यकारी निर्देशक राजेश रानाको समेत उपस्थिती थियो ।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  ४ : १७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको