२० फाल्गुन २०८२, बुधबार | March 5, 2026

विकास निर्माणका काममा ढिलासुस्ती हुनु दुर्भाग्य : मुख्यमन्त्री पौडेल



हेटौडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विकास निर्माणका काममा ढिलासुस्ती हुन नहुने बताएका छन्।

आज हेटौंडाका विभिन्न क्षेत्रमा भइरहेका सडकलगायतका विकास निर्माणको कार्यहरुको अनुगमन गर्दै मुख्यमन्त्री पौडेलले सडक, पुल, अस्पतालजस्ता अत्यावश्यकीय योजनाको निर्माण तोकिएको समयमा सम्पन्न नहुँदा नकारात्मक परिणामहरु ब्यहोर्नुपर्ने धारणा राखे ।

ठेक्का लिने तर समयमा काम सम्पन्न नगर्ने परिपाटीको अन्त्य गर्न प्रदेश सरकार लागिपरेको उल्लेख गर्दै मुख्यमन्त्री पौडेलले कतिपय ठेकेदार कम्पनीहरुले समयमै काम गर्न थालिसकेको बताए । कोरोना सङ्क्रमण मुक्त भएपछि मुख्यमन्त्री पौडेल आज पहिलोपटक सार्वजनिक रुपमा उपस्थित भएका हुन्।

मुख्यमन्त्री पौडेलले आज हेटौंडा—४ मा प्रदेश सरकारको लगानीमा निर्माण भइरहेको नमूना सडक, हेटौंडा—७ मा भइरहेको कालोपत्रेको कार्यलगायत अनुगमन गरेका मुख्यमन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

अनुगमनका क्रममा मुख्यमन्त्री पौडेलले स्थानीय जनप्रतिनिधि, निर्माण कम्पनीका प्रतिनिधि तथा स्थानीयवासीसँग छलफल गरी विकास निर्माणको काममा सबै क्षेत्रको ध्यान पुग्नुपर्ने बताएका थिए ।

हरेक क्षेत्रले आआफ्नो दायित्व इमान्दारिताका साथ पूरा गर्ने हो भने देश विकास हुन समय नलाग्ने उनको भनाइ थियो । रासस

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  ९ : ०८ बजे

निर्वाचन विरोधी गतिविधि गर्ने ९२ जना हिरासतमा, १०३ जना सोधपुछपछि छुटे

काठमाडौँ । निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १९५ जनालाई पक्राउ गरिएकामा

रुपन्देही–३ का स्वतन्त्र उम्मेदवार महेन्द्र यादव बैंकिङ कसुरमा पक्राउ

भैरहवा । रुपन्देही निर्वाचन क्षेत्र नं ३ बाट स्वतन्त्र उम्मेदवारी

बुटवलको इट्टाभट्टीमा दुई समुहबीच विवाद

बुटवल । बुटवल ९ इट्टाभट्टी टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी र

शान्तिपूर्ण रूपमा निर्वाचन हुनेमा संयोजक प्रचण्ड विश्वस्त

चितवन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मौन अवधिमा नगदसहित पक्राउ परेका जसपा उम्मेदवार यादव छुटे

सिरहा । प्रतिनिधिसभा निर्वाचनको मौन अवधि सुरु भएलगत्तै नगदसहित पक्राउ