५ चैत्र २०८१, मंगलबार | March 18, 2025

विकास निर्माणका काममा ढिलासुस्ती हुनु दुर्भाग्य : मुख्यमन्त्री पौडेल



हेटौडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विकास निर्माणका काममा ढिलासुस्ती हुन नहुने बताएका छन्।

आज हेटौंडाका विभिन्न क्षेत्रमा भइरहेका सडकलगायतका विकास निर्माणको कार्यहरुको अनुगमन गर्दै मुख्यमन्त्री पौडेलले सडक, पुल, अस्पतालजस्ता अत्यावश्यकीय योजनाको निर्माण तोकिएको समयमा सम्पन्न नहुँदा नकारात्मक परिणामहरु ब्यहोर्नुपर्ने धारणा राखे ।

ठेक्का लिने तर समयमा काम सम्पन्न नगर्ने परिपाटीको अन्त्य गर्न प्रदेश सरकार लागिपरेको उल्लेख गर्दै मुख्यमन्त्री पौडेलले कतिपय ठेकेदार कम्पनीहरुले समयमै काम गर्न थालिसकेको बताए । कोरोना सङ्क्रमण मुक्त भएपछि मुख्यमन्त्री पौडेल आज पहिलोपटक सार्वजनिक रुपमा उपस्थित भएका हुन्।

मुख्यमन्त्री पौडेलले आज हेटौंडा—४ मा प्रदेश सरकारको लगानीमा निर्माण भइरहेको नमूना सडक, हेटौंडा—७ मा भइरहेको कालोपत्रेको कार्यलगायत अनुगमन गरेका मुख्यमन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

अनुगमनका क्रममा मुख्यमन्त्री पौडेलले स्थानीय जनप्रतिनिधि, निर्माण कम्पनीका प्रतिनिधि तथा स्थानीयवासीसँग छलफल गरी विकास निर्माणको काममा सबै क्षेत्रको ध्यान पुग्नुपर्ने बताएका थिए ।

हरेक क्षेत्रले आआफ्नो दायित्व इमान्दारिताका साथ पूरा गर्ने हो भने देश विकास हुन समय नलाग्ने उनको भनाइ थियो । रासस

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  ९ : ०८ बजे

छिटफुट घटनाबाहेक स्ववियु निर्वाचन सम्पन्न

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा

लिङ्देनले बहिस्कार गर्दा कमल थापाले दिए नवराज सुबेदी नेतृत्वको राजावादी आन्दोलनलाई मान्यता

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपाल केन्द्रीय कार्यसम्पादन समिति

संविधान संशोधनअघि बृहत् समीक्षा गरौँः अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा सम्पन्न

काठमाडौँ । प्रधानमन्त्री एवं पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति केपी