२९ असार २०८३, सोमबार | July 13, 2026

म निरन्तर विकासका पक्षमा छु : बागमती प्रदेश मुख्यमन्त्री पौडेल



बागमती । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आफू विकासका पक्षमा निरन्तर रहने बताएका छन् ।

मकवानपुरको हेटौँडामा रहेको नारायणी बहुउद्देश्यीय सहकारी संस्थाको रजत जयन्तीका अवसरमा बुधबार आयोजित समाहरोमा उनले पद अस्थायी हुने र आफू पदमा हुँदा या नहुँदा विकासका पक्षमा लागिरहने धारणा राखे ।

उनले प्रदेश सरकारले छोटो अवधिमा दीर्घकालीन प्रभाव पार्ने खालका महत्वपूर्ण काम गरेको उल्लेख गर्दै सरकारको विकासको कामबाट त्रसित भएका व्यक्तिले सरकारका विरुद्ध कार्य गरिरहेको बताए ।

पौडेलले मकवानपुरबाटै निर्वाचित भएका व्यक्तिले यही जिल्लाका मुख्यमन्त्रीविरुद्ध काम गरिरहेको घटनालाई जिल्लावासीले मसिनो गरी केलाउनुपर्ने धारणा राखे ।

जिल्लाको विकास नचाहनेलाई पहिचान गर्नुपर्ने आवश्यकता रहेको भन्दै उनले कुन नेता ठीक र कुन बेठीक भनेर छुट्याउनुपर्ने बेला भएको बताए । स्थापनाको २५ औँ वर्ष प्रवेश गरेको सहकारीलाई शुभकामना दिँदै मुख्यमन्त्री पौडेलले थैलीमा राखेर पुँजी नबढ्ने धारणा राखे ।

सहकारीले देशमा उत्पादन तथा रोजगारी सिर्जना गर्नेगरी काम गर्नुपर्ने उनको भनाइ थियो । उनलेले देशमा थुप्रै अवसर भए पनि पुँजी अभावका कारण बाहिरिएका जनशक्तिलाई स्वदेशमा नै भित्र्याउन सहकारीले भूमिका खेल्नसक्नुपर्ने बताए ।

‘हाम्रो सहकारीमा यति करोड निक्षेप छ भन्नेभन्दा पनि हामीले यस्ता उद्यम सञ्चालन गरेका छौँ, ती उद्योगमा यति जनशक्तिले रोजगारी पाएका छन्, हामीले यति उत्पादन गरेका छौँ, सहकारीका माध्यमबाट हामी आत्मनिर्भर भएका छौँ यस्ता कुरा सुन्न पाइयोस्’, पौडेलले भने । रासस

प्रकाशित मिति : १६ पुस २०७७, बिहिबार  ६ : ३१ बजे

बिभिन्न सुरक्षा चेकपोइन्ट पार गर्दै पोखरा पुगेका लागुऔषध कारोबारेहरु पोखराबाट पक्राउ

पोखरा । लागुऔषधसहित पाँचजना भारतीय नागरिक पक्राउ परेका छन्। कास्की

अष्ट्रेलियामा सबै अन्तरराष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू गरिने

क्यानबेरा । अष्ट्रेलिया सरकारले आगामी १२ देखि १८ महिनाभित्र सबै

जेनजी अभियन्ता माजिद अन्सारीलाई कुटपिट घटनामा मानव अधिकार आयोगमा उजुरी

काठमाडौं । जेनजी अभियन्ता माजिद अन्सारीमाथि प्रहरीले कुटपिट गरी गैरकानुनी

मिडिया हाउस अगाडी शंकास्पद पार्किङबारे छानबिन गर : पत्रकार महासंघ

काठमाडौं । मिडिया हाउसको गेटमा बेवारिसे कारको शंकास्पद पार्किङ गरी

कैलालीका नदीमा डल्फिनको चहलपहल

कैलाली । नदीमा पानीको सतह बढ्न थालेपछि यहाँस्थित नदीमा डल्फिनको