२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

एजाज आलम भन्छन् राजीनामा फिर्ता भएको छैन – राजीनामा दिएका व्यवसायीलाई पार्टीको निर्देशन लागु हुँदैन



बुटवल । बुटवलबाट अन्यत्र राजधानी सार्ने प्रदेश सरकारको निर्णय विरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट राजीनामा दिएका २ हजार बढी ब्यवसायीहरुले राजीनामा फिर्ता गरेको खबर सार्वजनिक भएको भोलिपल्ट राजीनामा दिने समूहका एक मुख्य व्यवसायी नेता एजाज आलमले राजीनामा फिर्ता नभएको बताएका छन् ।

खबरकुरासँग कुरा गर्दै आलमले पार्टीको उद्योग व्यवसाय विभागबाट राजीनामा फिर्ता गर्ने निर्देशन गरेपनि व्यवसायीहरुले फिर्ता नलिएको दाबी गरेका छन् ।

बुधबार बुटवलमा भएको भेलामा पार्टीको उद्योग व्यवसाय विभागबाट राजीनामा फिर्ता गर्न गरेको थियो । भेलामा विभागका प्रमुख गोपाल रानाले राजीनामा फिर्ता गरेर जिम्मेवारीमा फर्कन निर्देशन गरेका थिए ।

भेलामा उपस्थित लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री बैजनाथ चौधरी र उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री लिला गिरीले पनि राजीनामा दिएका व्यवसायीलाई काममा फर्कन आग्रह गरेका थिए ।

नेता आलमले व्यवसायीहरुले उठाएको मुद्दामा पार्टी जिम्मेवार बनेर प्रस्तुत नहुँदासम्म राजीनामा फिर्ता नगर्ने स्पष्ट पारे । नेपाल उद्योग परिसंघका लुम्बिनी प्रदेशका अध्यक्ष समेत रहेका आलमले पार्टीले आफ्ना सदस्यहरुलाई निर्देशन गर्न मिलेपनि राजिनामा दिएकाहरुलाई निर्देशन दिन नमिल्ने स्पष्ट पारे ।

प्रदेश सरकारले बुटवलबाट राप्ती उपत्यकामा राजधानी सार्ने प्रस्ताव गरेपछि रुपन्देहीका २ हजार २ सय ४९ जना पार्टी आवद्ध उद्योगी व्यवसायीहरुले राजीनामाको घोषणा गरेका थिए ।

बुधबार मात्र राजधानी प्रकरणमा राजिनामा दिएका ब्यवसायीहरुले राजीनामा फिर्ता लिएको समाचार सार्वजानिक भएको थियो । पार्टीका उद्योग ब्यवसाय बिभाग प्रमुख गोपाल रानाले राजिनामा दिएका ब्यवसायीलाई राजीनामा फिर्ता गरेर जिम्मेवारी लिन निर्देशन गरेका थिए ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहिबार  ९ : ०८ बजे

किशोर श्रेष्ठको निवासमा मध्यरातमा प्रहरीको छापा, पत्रकारद्वारा विरोध

काठमाडौं । बुधबार साँझ पक्राउ परेका ‘जनआस्था’ साप्ताहिकका सम्पादक एवं

रोल्पामा पहिरोले घररगोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइते : थप विवरण आउन बाँकी

रोल्पा । अविरल वर्षाका कारण पहिरो जाँदा यहाँस्थित थबाङ गाउँपालिका-५

प्रचण्डद्वारा पत्रकार किशोर श्रेष्ठको पक्राउप्रति आपत्ति

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्रकार

पाँच महिनापछि स्वदेश फर्किंदै देउवा

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा लामो

देशभर मनसुनी प्रभाव, केही प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।