२ पुस २०८२, बुधबार | December 17, 2025

एजाज आलम भन्छन् राजीनामा फिर्ता भएको छैन – राजीनामा दिएका व्यवसायीलाई पार्टीको निर्देशन लागु हुँदैन



बुटवल । बुटवलबाट अन्यत्र राजधानी सार्ने प्रदेश सरकारको निर्णय विरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट राजीनामा दिएका २ हजार बढी ब्यवसायीहरुले राजीनामा फिर्ता गरेको खबर सार्वजनिक भएको भोलिपल्ट राजीनामा दिने समूहका एक मुख्य व्यवसायी नेता एजाज आलमले राजीनामा फिर्ता नभएको बताएका छन् ।

खबरकुरासँग कुरा गर्दै आलमले पार्टीको उद्योग व्यवसाय विभागबाट राजीनामा फिर्ता गर्ने निर्देशन गरेपनि व्यवसायीहरुले फिर्ता नलिएको दाबी गरेका छन् ।

बुधबार बुटवलमा भएको भेलामा पार्टीको उद्योग व्यवसाय विभागबाट राजीनामा फिर्ता गर्न गरेको थियो । भेलामा विभागका प्रमुख गोपाल रानाले राजीनामा फिर्ता गरेर जिम्मेवारीमा फर्कन निर्देशन गरेका थिए ।

भेलामा उपस्थित लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री बैजनाथ चौधरी र उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री लिला गिरीले पनि राजीनामा दिएका व्यवसायीलाई काममा फर्कन आग्रह गरेका थिए ।

नेता आलमले व्यवसायीहरुले उठाएको मुद्दामा पार्टी जिम्मेवार बनेर प्रस्तुत नहुँदासम्म राजीनामा फिर्ता नगर्ने स्पष्ट पारे । नेपाल उद्योग परिसंघका लुम्बिनी प्रदेशका अध्यक्ष समेत रहेका आलमले पार्टीले आफ्ना सदस्यहरुलाई निर्देशन गर्न मिलेपनि राजिनामा दिएकाहरुलाई निर्देशन दिन नमिल्ने स्पष्ट पारे ।

प्रदेश सरकारले बुटवलबाट राप्ती उपत्यकामा राजधानी सार्ने प्रस्ताव गरेपछि रुपन्देहीका २ हजार २ सय ४९ जना पार्टी आवद्ध उद्योगी व्यवसायीहरुले राजीनामाको घोषणा गरेका थिए ।

बुधबार मात्र राजधानी प्रकरणमा राजिनामा दिएका ब्यवसायीहरुले राजीनामा फिर्ता लिएको समाचार सार्वजानिक भएको थियो । पार्टीका उद्योग ब्यवसाय बिभाग प्रमुख गोपाल रानाले राजिनामा दिएका ब्यवसायीलाई राजीनामा फिर्ता गरेर जिम्मेवारी लिन निर्देशन गरेका थिए ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहिबार  ९ : ०८ बजे

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन

खानेपानीको सङ्कट झेल्दै चुरेफेदका मेनहर्वावासी

सिरहा । लहान नगरपालिका-१५ स्थित मेनहर्वा बस्तीका स्थानीय लामो समयदेखि

‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’

काठमाडौं । नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको