२२ मंसिर २०८२, सोमबार | December 8, 2025

पोखरामा चाडपर्व लक्षित बजार अनुगमन तीव्र



पोखरा । पोखरामा चाडपर्वमा लक्षित गरेर बजार अनुगमनलाई तीव्र पारिएको छ ।

गण्डकी प्रदेश बजार अनुगमन समितिले चाडपर्वलाई लक्षित गरेर पोखराका विभिन्न स्थानमा तिहारमा बढी खपत हुने उपभोग्य सामग्रीमाथि अनुगमन गरेको हो ।

बुधबार गरिएको बजार अनुगमनमा मिठाइ, भाइ मसला, खाद्यान्नलगायतमा अनुगमन गरिएको उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष कपिलनाथ कोइरालाले जानकारी दिए ।

अनुगमनमा मिठाइमा अखाद्य रङ प्रयोग नगर्न, गुणस्तरहीन कच्चा पदार्थ प्रयोग नगर्न, खुला ठाउँमा मिठाइ राखेर बिक्री वितरण नगर्न, तेल घ्यूलाई पुनः प्रयोग नगर्न अनुगमन समितिले निर्देशन दिएको छ ।

कोइरालाले भाइ मिठाइमा राखिने वस्तु काजु, किसमिस, ओखर, बदामको थोक मूल्य घटे पनि प्याकेजिङ गरेर बेच्नेहरुले मूल्य दोब्बर बनाएर बेच्ने गरेको भेटिएको बताए । उनले आम उपभोक्तालाई भाइ मसला खरिद गर्दा प्याकेजिङ गरिएको भन्दा खुद्रारूपमा खरिद गर्नसमेत आग्रह गरे।

गण्डकी प्रदेशका उद्योग वाणिज्य तथा उपभोक्ता संरक्षण निर्देशनालयका निर्देशक गोकुल शर्मा पौडेल मिठाइको प्रतिएकाइ लागत कसरी कायम गरिएको हो, सोको विवरण कारणसहित खुलाएर दुई दिनभित्र निर्देशनालयमा पेश गर्न निर्देशन दिएको जानकारी दिए ।

गण्डकी प्रदेश बजार अनुगमन समिति सदस्यसचिव भरतमणि बरालले अनुगमनलाई निरन्तर गरिने र दिएका निर्देशन पूरा नगरे अर्कोपल्ट कारवाही हुने बताए।

अनुगमन कार्यक्रममा खाद्य अनुसन्धान अधिकृत शिवजी बराल, नापतौल तथा गुणस्तर कार्यालयका प्रतिनिधि रघुनाथ पौडेल र निर्देशनालयका वरिष्ठ अधिकृत प्रदीप रेग्मी, अधिकृत नेत्रप्रसाद पौडेललगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहिबार  ९ : ३८ बजे

वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन

वीरगञ्ज । वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा

पहिलोपटक खलङ्गा बजारमा ‘फायर हाइड्रेन्ट’ जडान भएपछि…

जुम्ला । चन्दननाथ नगरपालिका-५ स्थित खलङ्गा बजारको एक ‘मोबाइल’ पसलमा

सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड

काठमाडौं । सार्वजनिक संस्थानमा गरिएको करिब रू ४७ अर्ब सरकारी

नेपालगञ्ज-दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण

नेपालगञ्ज । निजी क्षेत्रले नेपालगञ्ज-दिल्ली सिधा हवाई उडानका लागि सरकारको

जेनजी पुस्ताको कथामा ‘झरीपछिको इन्द्रेणी’

काठमाडौं । हाँस्य कलाकारका रुपमा स्थापित अर्जुन घिमिरे ‘पाँडे’ले निर्देशन