२७ चैत्र २०८२, शुक्रबार | April 10, 2026

सुदूरपश्चिममा कोरोना मृत्युदर बढ्दै



धनगढी । कतिपय प्रदेशको तुलनामा कोरोना सङ्क्रमणबाट मृत्यु हुने दर कम रहेको सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा यो रोगबाट मृत्यु हुने दर बढ्न थालेको छ ।

सामाजिक विकास मन्त्रालयको तथ्याङ्कअनुसार गएको १० दिनमा प्रदेशमा छ कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कञ्चनपुर जिल्लाका ६२ वर्षीय पुरुष सङ्क्रमितको बुधबार मृत्यु भएपछि प्रदेशमा कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या २९ पुगेको छ ।

होम आइसोलेसनमै मृत्यु हुने कतिपय सङ्क्रमितको तथ्याङ्क भने मन्त्रालयसँग छैन । जाडोयाम शुरु भएसँगै जटिल अवस्थाका कोरोना सङ्क्रमित बिरामी बढ्दै गएका छन् ।

तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाई सर्वसाधारणको चहलपहल बढ्दा कोरोना फैलिने जोखिम थप बढेको स्वास्थ्यकर्मीको भनाइ छ ।

मन्त्रालयको तथ्याङ्क अनुसार बुधबारसम्म प्रदेशमा कुल सङ्क्रमणको पुष्टि भएका १० हजार २६९ जनामध्ये आठ हजार ७०८ जना उपचार व्यवस्थापनपछि घर फर्केका छन् ।

बुधबारसम्म कोरोनाका शङ्कास्पद एक लाख ११ हजार २०७ व्यक्तिको पिसीआर पद्धतिबाट नमूना जाँच भइसकेको छ । बिरामी बढ्दै गएपछि प्रदेश सरकारले कोभिड अस्थायी अस्पताल धनगढीमा थप शय्याको व्यवस्थापनको तयारी गरिरहेको छ ।

सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले सेती प्रादेशिक अस्पतालअन्तर्गतको कोभिड अस्थायी अस्पतालमा थप शय्या थप्ने काम अघि बढेको बताए । सो अस्पतालमा कोभिड–१९ का बिरामीका लागि ५० शय्याको व्यवस्था गरिएकामा पछिल्ला दिनमा पूरै शय्या भरिएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए ।

प्रदेशका अन्य जिल्लामा रहेका अस्पतालमा आइसीयू (सघन उपचारकक्ष) र भेन्टिलेटरको व्यवस्था पर्याप्त नहुँदा जटिल अवस्थाका कोरोना सङ्क्रमितलाई सेती प्रादेशिक अस्पतालमा सिफारिस गर्ने गरिएको छ ।

स्वास्थ्य निर्देशनालय दिपायलका निर्देशक डा. गुणराज अवस्थी चिसो मौसममा कोरोना सङ्क्रमणदर गर्मी मौसमको भन्दा बढ्न सक्ने जोखिम रहेको बताए ।

“चिसो बढ्ने भएकाले कोभिड–१९ जस्तो लक्षण बढी व्यक्तिमा देखिन सक्छ”, उनले भने, “लक्षण देखिएपछि एक हप्ता आफ्नै घरको छुट्टै कोठामा वा आइसोलेसनमा बसेर एक हप्तापछि मात्र नमूना परीक्षण गराउनुपर्छ ।”

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहिबार  ९ : ४८ बजे

ठिनीमा स्याउ चिस्यान गृह निर्माण

मुस्ताङ । घरपझोङ गाउँपालिका–५ ठिनीमा स्याउ सङ्कलन तथा चिस्यान गृह

त्रिवेणी गाउँपालिकामा अदुवा बिक्रीबाट मात्रै पाँच करोड ५६ लाख ५० हजार भित्रियो

रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा यस वर्ष अदुवा

दुई सय तेइस जनामा ‘सिकलसेल एनिमिया’

कञ्चनपुर । कञ्चनपुरको लालझाँडी गाउँपालिकाका दुई सय २३ जनामा ‘सिकलसेल

कपिलवस्तुमा बस दुर्घटना हुँदा २६ जना घाइते

कपिलवस्तु । पूर्व-पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा

‘मुन्दुम पदमार्ग’ क्षेत्रमा गुराँस ढकमक्क

भोजपुर । वसन्त ऋतुको आगमनसँगै पूर्वी पहाडी भेगका वन-जङ्गल यतिबेला