२० आश्विन २०८३, मंगलबार | October 6, 2026

नेपालगन्जमा नेपाल-भारत एकिकृत जाँच चौकी निर्माण सुरु



नेपालगन्ज । नेपाल भारत सीमाको नेपालगन्जमा एकीकृत जाँच चौकीे निर्माणको काम सुरु गरिएको छ । नेपालगन्जमा भएको शिलान्यस कार्यक्रमको भारतीय वाणिज्य तथा उद्योग मन्त्री श्री पियुष गोयल र नेपाली शहरी विकास मन्त्री श्री कृष्णगोपाल श्रेष्ठले अनलाइन समारोहमार्फत अवलोकन गरेका छन् ।

भन्सार तथा अध्यागमन सुविधालाई एउटै छाता मुनी ल्याई दुई देशबीच मालबाहक सवारी साधनको आवतजावतलाई व्यवस्थित गर्न भारत सरकारले नेपाल भारत सीमाको दुवैतर्फ एकीकृत जाँच चौकीको निर्माण गर्न सुरु गरेको हो । सीमामा एकीकृत जाँच चौकीको स्थापनाले मालवाहक सवारी साधन तथा सार्वजनिक सवारी साधनको सहज आवात जावतका लागि इम्पोर्ट एक्सपोर्ट हाण्डलिङ्ग सुविधाहरु प्राप्त हुने बिश्वास गरिएको छ ।

एकिकृत जाँच चौकीमा वेयर हाउजिङ्ग, रेफ्रिजरेटेड कार्गो सुविधा, औषधीय, बिरुवा तथा जनावर क्वारेन्टिन एरिया, सवारी चालक तथा यात्रुहरुका लागि सुविधा, सीसीटिभी र अन्य सुरक्षा उपकरण, सातै दिन चौबीसै घन्टा बिजुली ब्याकअप सुविधा, फोहोर पानी प्रशोधन सुविधा लगायतका सुविधाहरु हुनेछन् । कार्गो हाण्डलिङ्गलाई व्यवस्थित ढङ्गले अघि बढाउन यी सुविधाहरुलाई अघि सारिएकोे हो । यी सुविधाहरुको प्रयोगले आगन्तुकहरुले बेहोर्दै आएको असुविधामा कमी आउनुका साथै समयको बचत पनि हुने भारतीय राजदुतावासले प्रकाशित गरेको बिज्ञप्तीमा उल्लेख छ ।

भारत तथा नेपालका प्रधानमन्त्रीद्वयले यसअघी वीरगंज र बिराटनगरमा निर्मित एकीकृत जाँच चौकीको क्रमसः सन् २०१८ को अप्रिल र सन् २०२० को जनवरी महिनामा संयुक्त रुपमा उद्घाटन गरिसकेका छन् ।

शिलान्यास कार्यक्रमको नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा, शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर तथा शहरी विकास मन्त्रालयका सचिव डा. रमेश प्रसाद सिंहले पनि अवलोकन गरेका थिए । कार्यक्रममा बाँके क्षेत्र नम्बर २ का सांसद मोहम्मद इस्तियाक राई, नेपालगञ्ज उप–महानगरपालिकाका मेयर डा. धवल शमशेर राणा तथा नेपालगञ्ज परियोजना साइटका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

उक्त परियोजनाको कार्यान्वयन भारतीय कम्पनी राइट्स इन्टरनेशनल लिमिटेडको सुपरिवेक्षणमा पुणेस्थित राजदीप बिल्डकन प्राइभेट लिमिटेडले गर्ने भारतीय राजदुतावासले जनाएको छ । दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यका साथ सुरु भएको परियोनाको लागत १४७.१२ करोड भारु रहेको बिज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  ९ : २२ बजे

ग्लोबल आइएमई बैंकको एसीईओमा बुद्धि अकेला र डीसीईओमा दीपचन्द्र रेग्मी बढुवा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको सहायक प्रमुख कार्यकारी अधिकृत

गगनलाई सर्वसम्मत कांग्रेस सभापति हुनबाट रोक्न खड्गीले दिए उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसको जारी १५औं महाधिवेशनअन्तर्गत मंगलबार साँझ ६

उपसभापति खुला समूहमा डा. चन्द्र भण्डारीले गरे उम्मेदवारी दर्ता

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. चन्द्रकान्त भण्डारीले पार्टीको १५औँ

दुर्गा प्रसाईंलाई दुई लाख धरौटीमा छोड्न काठमाडौं जिल्ला अदालतको आदेश

काठमाडौं । जिल्ला अदालत काठमाडौंले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दुई