१९ बैशाख २०८१, बुधबार | May 2, 2024

कोरोना सङ्क्रमण मुक्त भएको हुम्लामा ४ नयाँ कोरोना सङ्क्रमित भेटिए



हुम्ला । कात्तिक १८ गतेदेखि कोरोना सङ्क्रमण मुक्त भएको हुम्लामा बिहीबार राति चार नयाँ सङ्क्रमित भेटिएका छन् ।

कोरोना लक्षण भएको आशङ्कामा स्वाब परीक्षणका लागि सुर्खेत पठाइएको थियो । राति चार जनामा कोरोना पोजेटिभ नतिजा देखाएको हो ।

जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको पालिका केन्द्र याल्वाङका ५ जना स्थानीयको स्वाब परीक्षण गर्दा एक जना नेगेटिभ अन्य चार जनामा पोजेटिभ देखाएको जिल्ला अस्पतालका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिए ।

पछिल्लो समय ६३, ६०, ३१, र १६ वर्ष उमेर समुहका याल्वाङका स्थानीयमा सङ्क्रमण देखिएको फडेराले बताए । उनीहरुमध्ये तीन जना महिला र एक जना पुरुषमा छन् ।

कोरोना मुक्त भएको यस जिल्लामा पछिल्लो एक हप्तामा ठूला कार्यक्रम, उद्घाटन आमसभालगायत मानिसको भीडभाडसहित कार्यक्रम भएको थियो ।

कोरोना सङ्क्रमणको कुनै प्रवाह नगरी जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाले दुई दिन अगाडि मात्रै ठूलो सङ्ख्यामा नागरिकको उपस्थित गराएर कार्यक्रम गरेको थियो ।

हुम्लामा समुदायस्तरमै कोरोना सङ्क्रमण फैलिए पनि परीक्षणका लागि स्वाब सङ्कलन नगर्दा सङ्क्रमित नभेटिएको अगुवाले बताउने गरेका छन् । जिल्लामा पहिलो पटक असोज ३ गते एक जना युवतीमा कोरोना सङ्क्रमण देखिएको थियो ।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  १२ : २१ बजे

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार

नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका

बाँकेमा आगलागीबाट रु २५ लाख बराबरको क्षति

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित बालापुरमा आज भीषण आगलागी