३० माघ २०८१, बुधबार | February 12, 2025

कोरोना संक्रमणबाट हालसम्म १२०२ जनाको मृत्यु, शुक्रबार थपिए २१११ नयाँ संक्रमित



काठमाडौं । कोरोना भाइरसका संक्रमित थपिने क्रम निरन्तर जारी छ । शुक्रबार कोरोनाभाइरसका २ हजार १११ नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपडेट गरेको पछिल्लो तथ्यांक अनुसार शुक्रबासम्म थपिएका संक्रमित सहित हालसम्म नेपालमा २ लाख ६ हजार ३५३ जनालाई संक्रमण भैसकेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ५३७ जना संक्रमित संक्रमण मुक्त भएका छन् भने १३ जनाको मृत्यु भएको छ ।

हालसम्म संक्रमण मुक्त हुनेको संख्या १ लाख ६८ हजार १२९ पुगेको छ । यसैगरी हालसम्म मृत्यु हुनेको संख्या १ हजार २०२ पुगेको छ ।

शुक्रबार देशभर ३७ हजार २२ जना सक्रिय संक्रमित रहेका छन् ।

कोरोना संक्रमण पत्तालगाउनका लागि हालसम्म १५ लाख ९३ हजार ८५० जनाको पीसीआर परीक्षण भैसकेको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  ४ : २३ बजे

ग्यास उद्योगीको आन्दोलन १५ दिनका लागि स्थगित स्थगन

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग सङ्घले विभिन्न माग राखेर

जनयुद्ध दिवसमा खजुरा गाउँपालिकाले दियो सार्वजनिक बिदा

खजुरा । तत्कालिन माओवादीले थालेको जनयुद्ध दिवसको दिन पारेर बाँकेको

चिकित्सा शिक्षा आयोगको बैठक : मेडिकल कलेजमा विदेशी विद्यार्थीको सङ्ख्या बढाउन छलफल

काठमाडौँ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज

अष्ट्रेलियाको सात सहरमा नेपथ्य

काठमाडौं । नेपथ्यले अष्ट्रेलियाको श्रृंखलावद्ध साँगीतिक यात्रा गर्ने भएको छ।

प्रहरीमाथि हातपात गर्नेलाई कारबाहीको दायरामा ल्याउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले पछिल्लो समय प्रहरी कर्मचारीमाथि भइरहेको