९ जेष्ठ २०८२, शुक्रबार | May 23, 2025

चलचित्रकर्मीलाई निराश नहुन सञ्चामन्त्री गुरुङको आग्रह



काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले चलचित्र क्षेत्रलाई निराश नहुन आग्रह गरेका छन् ।

शुक्रबार अपरान्ह काठमाडौंको चाबहिल स्थित चलचित्र विकास बोर्ड, नेपालको अनुगमन गर्ने क्रममा मन्त्री गुरुङले कोभिड–१९ को महामारीले सबै क्षेत्रलाई पीडा दिएको उल्लेख गर्दै त्यसलाई सामना गरेर अघि बढनुको विकल्प नरहेको बताए । ‘संकटको यस घडीमा कसैले पनि निराश हुने, पलायन हुने गर्नु हुन्न,’ उनले भने । ‘कोभिडकै कारण चलचित्र निर्माण समेत हुन नसकेको अवस्थामा त्यसलाई मुकाबिला गरेर अघि बढनुको विकल्प छैन ।’

सरकार प्रवक्ता समेत रहेका मन्त्री गुरुङले सभ्य र समुन्नत नेपाल निर्माण हुनेगरी समाज रुपान्तरणमा योगदान पुग्ने गरी चलचित्रहरुको निर्माण गर्न विशेष ध्यान दिन चलचित्रकर्मीहरुलाई आग्रह गरे । मन्त्री गुरुङले चलचित्र क्षेत्रमा हाल देखिएको संकटबारे सरकार जानकार रहेको उल्लेख गर्दै यस क्षेत्रमा लगानी प्रवद्र्धनका लागि आवश्यक सुझाव दिन पनि चलचित्र क्षेत्रका लगानीकर्ताहरुसँग आग्रह गरे ।

राष्ट्र, राष्ट्रियता, भाषा, संस्कृति, भूगोल सबैको संरक्षण र सवद्र्धन हुने गरी चलचित्र निर्माण गर्नुपर्नेमा जोड दिंदै उनले हिमाल, पहाड, तराईका दूर्गम गाउँहरुमा जागरण ल्याउने खालका चलचित्र बन्न सकेमात्रै नेपाली चलचित्र क्षेत्रको विकासमा योगदान पुग्ने बताए ।

सो अवसरमा बोल्दै मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले चलचित्र क्षेत्रले भोग्दै आएका समस्या समाधान गर्न लागिपर्ने बताए । बोर्डका कार्यकारी अध्यक्ष दयाराम दाहालले चलचित्र निर्माण र हल संचालनका लागि आवश्यक वातावरण बनाईदिन मन्त्री गुरुङको ध्यानाकर्षण गराएका थिए । त्यस अवसरमा मन्त्री गुरुङले बोर्डले निर्माण गरेको हलको पनि उद्घाटन गरे ।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  ५ : २८ बजे

अर्थतन्त्र सुधारको समयसीमासहित ‘सुधार कार्यान्वयन कार्ययोजना’ जारी

काठमाडौँ । आर्थिक सुधार कार्यान्वयन कार्ययोजना, २०८२ जारी भएको छ

नेपालगन्जमा प्रथम नगरस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुरु

नेपालगन्ज । नेपालगन्जमा आजदेखी प्रथम नगरस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता

अर्थतन्त्र सुधारको समयसीमासहित ‘सुधार कार्यान्वयन कार्ययोजना’ जारी

काठमाडौं । आर्थिक सुधार कार्यान्वयन कार्ययोजना, २०८२ जारी भएको छ

बजेट लेखनमा जुट्यो अर्थमन्त्रालय, प्रवेशमा कडाई

काठमाडौं । अर्थ मन्त्रालयले मन्त्रालय प्रवेशमा कडाइ गरेको छ ।

भ्रष्टाचार नेपालको मुख्य समस्या, भ्रष्टाचार निर्मूल पार्न माओवादीको सरकार आवश्यक : प्रचण्ड

बागलुङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं