५ श्रावण २०८३, मंगलबार | July 21, 2026

चलचित्रकर्मीलाई निराश नहुन सञ्चामन्त्री गुरुङको आग्रह



काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले चलचित्र क्षेत्रलाई निराश नहुन आग्रह गरेका छन् ।

शुक्रबार अपरान्ह काठमाडौंको चाबहिल स्थित चलचित्र विकास बोर्ड, नेपालको अनुगमन गर्ने क्रममा मन्त्री गुरुङले कोभिड–१९ को महामारीले सबै क्षेत्रलाई पीडा दिएको उल्लेख गर्दै त्यसलाई सामना गरेर अघि बढनुको विकल्प नरहेको बताए । ‘संकटको यस घडीमा कसैले पनि निराश हुने, पलायन हुने गर्नु हुन्न,’ उनले भने । ‘कोभिडकै कारण चलचित्र निर्माण समेत हुन नसकेको अवस्थामा त्यसलाई मुकाबिला गरेर अघि बढनुको विकल्प छैन ।’

सरकार प्रवक्ता समेत रहेका मन्त्री गुरुङले सभ्य र समुन्नत नेपाल निर्माण हुनेगरी समाज रुपान्तरणमा योगदान पुग्ने गरी चलचित्रहरुको निर्माण गर्न विशेष ध्यान दिन चलचित्रकर्मीहरुलाई आग्रह गरे । मन्त्री गुरुङले चलचित्र क्षेत्रमा हाल देखिएको संकटबारे सरकार जानकार रहेको उल्लेख गर्दै यस क्षेत्रमा लगानी प्रवद्र्धनका लागि आवश्यक सुझाव दिन पनि चलचित्र क्षेत्रका लगानीकर्ताहरुसँग आग्रह गरे ।

राष्ट्र, राष्ट्रियता, भाषा, संस्कृति, भूगोल सबैको संरक्षण र सवद्र्धन हुने गरी चलचित्र निर्माण गर्नुपर्नेमा जोड दिंदै उनले हिमाल, पहाड, तराईका दूर्गम गाउँहरुमा जागरण ल्याउने खालका चलचित्र बन्न सकेमात्रै नेपाली चलचित्र क्षेत्रको विकासमा योगदान पुग्ने बताए ।

सो अवसरमा बोल्दै मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले चलचित्र क्षेत्रले भोग्दै आएका समस्या समाधान गर्न लागिपर्ने बताए । बोर्डका कार्यकारी अध्यक्ष दयाराम दाहालले चलचित्र निर्माण र हल संचालनका लागि आवश्यक वातावरण बनाईदिन मन्त्री गुरुङको ध्यानाकर्षण गराएका थिए । त्यस अवसरमा मन्त्री गुरुङले बोर्डले निर्माण गरेको हलको पनि उद्घाटन गरे ।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  ५ : २८ बजे

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं

पूर्वप्रधानमन्त्री देउवा साउनभित्रै स्वदेश फर्किने, विज्ञप्ति जारी गर्दै भने – ‘प्रतिशोधात्मक राजनीति अस्वीकार्य’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले