२३ चैत्र २०८२, सोमबार | April 6, 2026

हुम्लाको नाम्खा गाउँपालिका तीन दिनका लागि बन्द



हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको पालिका केन्द्र आजदेखि तीन दिनका लागि बन्द गरिएको छ । गाउँपालिकाको याल्वाङस्थित महाबौद्ध उच्च माध्यामिक विद्यालयको होस्टेलमा बसोवास गर्ने चार जनामा कोरोना सङ्क्रमण देखिएपछि कोरोना सङ्क्रमणको दर बढ्नसक्ने भन्दै आजदेखि यस क्षेत्रमा बन्द गरिएको हो ।

पाँच जनाको स्वाब सङ्कलन गरी कोरोना परीक्षण गर्दा बिहिबार राति एक जनामा नेगेटिभ अन्य सबै चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि आजदेखि आवतजावत नै बन्द गरिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत धनलाल रोकायाले जानकारी दिए ।

पालिका भित्रै एकापसमा समुदायस्तमा सङ्क्रमण बढ्ने जोखिमको सम्भावना बढी देखिएकाले अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि आजका मिति २०७७/०७/२८ गते देखि कात्तिक ३० गते तीन दिनसम्मका पालिका प्रवेशमा आवतजावतमा रोक लगाउँदै सिल गरिएको गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामाले जानकारी दिए ।

सिल गरिएको स्थान र मितिभित्र आन्तरिक तथा बाहिय मानिसले आवतजावत नगरि दिन आगह्र गर्दै यदि नियमित विपरीत गरेको पाइए पालिकाले कानूनबमोजिम कारवाही गर्ने अध्यक्ष लामाले जानकारी दिए ।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  ८ : १० बजे

बैंक तथा वित्तीय संस्थाहरू पनि शनिबार र आइतबार बन्द हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि

२ हजार ६ सय रुपैयाले घट्यो सुनको मूल्य

काठमाडौं । सोमबार सुनको भाउ तोलामा २ हजार ६ सय

बागमती प्रदेशसभा चैत २४ गते बस्ने

मकवानपुर । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन भोलि चैत २४ गते

नेपालगन्ज–गुलरिया सडकको पेडारी नालामा पुल बनेपछि सास्ती हट्यो

नेपालगन्ज । नेपालगन्ज–गुलरिया हुलाकी राजमार्गअन्तर्गत खजुरा गाउँपालिका–३ स्थित पेडारी नालामा

हुलाकका कुरियर ‘एक्सप्रेस वे’मार्फत, सार्वजनिक बिदाको दिन पनि सेवा

काठमाडौं । हुलाकमार्फत विदेश पठाइने र विदेशबाट आयात भएका मालवस्तु