४ पुस २०८२, शुक्रबार | December 19, 2025

हुम्लाको नाम्खा गाउँपालिका तीन दिनका लागि बन्द



हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको पालिका केन्द्र आजदेखि तीन दिनका लागि बन्द गरिएको छ । गाउँपालिकाको याल्वाङस्थित महाबौद्ध उच्च माध्यामिक विद्यालयको होस्टेलमा बसोवास गर्ने चार जनामा कोरोना सङ्क्रमण देखिएपछि कोरोना सङ्क्रमणको दर बढ्नसक्ने भन्दै आजदेखि यस क्षेत्रमा बन्द गरिएको हो ।

पाँच जनाको स्वाब सङ्कलन गरी कोरोना परीक्षण गर्दा बिहिबार राति एक जनामा नेगेटिभ अन्य सबै चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि आजदेखि आवतजावत नै बन्द गरिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत धनलाल रोकायाले जानकारी दिए ।

पालिका भित्रै एकापसमा समुदायस्तमा सङ्क्रमण बढ्ने जोखिमको सम्भावना बढी देखिएकाले अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि आजका मिति २०७७/०७/२८ गते देखि कात्तिक ३० गते तीन दिनसम्मका पालिका प्रवेशमा आवतजावतमा रोक लगाउँदै सिल गरिएको गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामाले जानकारी दिए ।

सिल गरिएको स्थान र मितिभित्र आन्तरिक तथा बाहिय मानिसले आवतजावत नगरि दिन आगह्र गर्दै यदि नियमित विपरीत गरेको पाइए पालिकाले कानूनबमोजिम कारवाही गर्ने अध्यक्ष लामाले जानकारी दिए ।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  ८ : १० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको