२३ चैत्र २०८२, सोमबार | April 6, 2026

ट्राफिक सचेतना अव यूट्यूव च्यानलबाट पनि, ट्राफिक नियमका लागि दिए बरिष्ठ कलाकारले आवाज(भिडियो सहित)



काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक सचेतना अभिवृद्धिको लागि शुरू गरेको सांगीतिक डमी अभियानलाई प्रभावकारी बनाउन यूट्यूव भिडियो पनि सार्वजानिक गरेको छ ।

ट्राफिक नियमका बिषयमा फरक फरक स्लोगनमा आवाज रेकर्ड गरिएको उक्त यूट्यूव भिडियोमा ख्यातिप्राप्त कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवशं आचार्य, राजेश हमाल, रेखा थापा, मनोज गजुरेल, दिपाश्री निरौला, जितु नेपाल, मोडल मोनिका वुढाथोकी, सामाजिक अभियान्ताहरू योङजोम शेर्पा र राधा पोख्रेलले आवाज दिएका छन् । यूट्यूव भिडियोमा सरोज वलीको ‘रातोमा वत्तीमा रोकिने’ बोलको गीत समेत समावेश गरिएको छ ।

ट्राफिक नियमको सचेतनाका लागि तयार पारिएको उक्त भिडियो महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालको परिकल्पनामा गायक सरोज ओली र डिएसपी जयशङ्कर शर्माले स्लोगन तयार पारेको महानगरिय ट्राफिक महाशाखाले जानकारी दिएको छ ।

आम नागरिक, पैदलयात्री, चालकवर्ग लगायत आम सडक प्रयोगकर्ताहरुलाई ट्राफिक नियम सिकाई सडक सभ्यता अभिबृद्धि गर्न भिडियो निर्माण गरिएको महाशाखाले जनाएको छ ।

ट्राफिक महाशाखाले सांगीतिक डमी अभियान शुरू भएको एक हप्तामै १२ हजार ५३१ जना सांगीतिक डमीको जनचेतनाबाट लाभान्वित भएको महाशाखाले दाबी गरेको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  ८ : ४६ बजे

ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज पुनः सुनुवाइ, बहस जारी

काठमाडौं । केपी शर्मा ओली र रमेश लेखकविरुद्ध दायर बन्दीप्रत्यक्षीकरणको

कांग्रेस संसदीय दलको बैठक आज, दलको नेता चयन र महाधिवेशन तयारी मुख्य एजेन्डा

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।

चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

चितवन । यहाँ उपचारका लागि आएका बिरामीमध्ये १८ जनामा कुष्ठ

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

आजको मौसम : लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको