४ पुस २०८२, शुक्रबार | December 19, 2025

अध्यक्ष प्रचण्डको प्रस्तावप्रति स्थायी समिति सदस्य शंकर पोखरेलको आपत्ती



बुटवल । नेपाल कम्युनिष्ट पाटी (नेकपा)का स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव प्रति आपत्ती जनाएका छन् ।

पोखरेलले आफ्नो फेसबुक वालमा पोष्ट गर्दै सचिवालय बैठकमा प्रचण्डले पेश गरेको प्रस्ताव स्थायी समितिको बैठकको भावना विपरित रहेको बताएका छन् ।

प्रचण्डको प्रस्तावका बिषयमा नेता पोखरेलले लेखेका छन्, ‘कमरेड प्रचण्डले पार्टी एकताको मर्म र स्थायी कमिटीको निर्णयको भाव विपरित सचिवालय वैठकमा प्रथम अध्यक्षका विरुद्धमा संगिन आरोपसहित एकल प्रस्ताव प्रस्तुत गरेपछि पार्टी एकता गंभीर मोडमा पुगेको अनुभूती सिंगो पार्टी पंक्तिले गरिरहेको छ ।’

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीका पक्षमा उभिएका पोखरेलले ओलीलाई प्रथम अध्यक्षका रुपमा सम्बोधन गर्दै एकल प्रस्ताव पेश गर्ने अधिकार दोस्रो अध्यक्षलाई नभएको तर्फ संकेत गरेका छन् ।

पोखरेलले पार्टी एकताको रक्षाका लागि बैठकमा प्रस्तुत गरिएको एकल प्रस्ताव फिर्ता गर्न प्रचण्डलाई आग्रह समेत गरेका छन् । पार्टीमा एकताको मर्म अनुरुप छलफललाई अघि बढाउन पनि उनले अध्यक्ष प्रचण्डलाई अनुरोध गरेका छन् ।

लामो प्रयासबाट बैठकमा बस्न प्रधानमन्त्री ओली तयार भएपछि शुक्रबार बसेको सचिवालय बैठकमा १९ बुंदे राजनीतिक प्रस्ताव पेश गर्दै पार्टीभित्रको विवाद वैधानिक तरिकाले हल गर्नुभन्दा ओलीले मदन भण्डारी फाउण्डेसनको नाममा राज्यशक्तिको दुरुपयोग गर्दै देशव्यापी गुट सञ्चालन गरेको आरोप लगाएका थिए ।

प्रचण्डले राजनीतिक प्रस्ताव पेश गरेपछि सचिवालय बैठक लगत्तै बालुवाटारमै ओली पक्षको बैठक बसेर प्रचण्डको प्रस्ताव प्रति आपत्ति जनाएको थियो ।

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  ९ : १६ बजे

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा

महाधिवेशनले पार्टी एकतालाई नयाँ उचाईमा पुर्‍याएको छ : ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका

नेपाल चिकित्सक सङ्घद्वारा उम्मेदवारको नामावली सार्वजनिक

काठमाडौं । नेपाल चिकित्सक सङ्घ, केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि

महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ । नेकपा (एमाले)को ११ औँ महाधिवेशन सम्पन्न भएपछि पहिलो

मौसम प्रतिकुल हुँदा आन्तरिक उडान प्रभावित, आधा दर्जन विमानस्थल खुल्न सकेनन्

काठमाडौं । प्रतिकूल मौसमका कारण देशका आधा दर्जन विमानस्थल दिउँसोसम्म