१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

सीके राउतद्वारा संसदीय राजनीतिबाट सन्यास घोषणा



काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन्।

अध्यक्ष राउतले सामाजिक सञ्जालमार्फत अब पदको राजनीतिबाट टाढा रहने तर जनताको अधिकार र पहिचानका मुद्दामा संघर्ष भने निरन्तर जारी राख्ने बताएका छन् ।

राउतले आफ्नो व्यक्तिगत चाहनाविपरीत दुई पटक संसदीय निर्वाचन लडेको उल्लेख गर्दै एक पटक जित र अर्को पटक हार व्यहोरेको उल्लेख गरेका छन्। तर दुवै निर्णयप्रति आफू सन्तुष्ट रहेको उनको भनाइ छ।

अब संसदीय वा पदको राजनीतिबाट विश्राम लिने तर समग्र राजनीतिबाट अलग नहुने स्पष्ट पार्दै उनले आफ्नो सिद्धान्त, एजेन्डा र जनअधिकारका लागि संघर्ष निरन्तर जारी रहने बताएका छन्। साथै आगामी स्थानीय तह र प्रदेश निर्वाचनका लागि पार्टीलाई तयारी गराउने र जनसेवामा सक्रिय रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

२०७९ सालको आमनिर्वाचनमा आफू प्रत्यक्ष वा समानुपातिक कुनै पनि तरिकाले उम्मेदवार नबन्ने सोच बनाएको भए पनि पार्टीका नेताहरूको आग्रहमा अन्ततः चुनाव लडेको उनले उल्लेख गरेका छन्। सो निर्णयका कारण पार्टीले प्रत्यक्षतर्फ एक सिट र समानुपातिकतर्फ पाँच सिट जित्दै राष्ट्रिय दलको हैसियत हासिल गरेको उनको दाबी छ।

राउतले २०८२ को निर्वाचन नलड्ने निर्णय पहिले नै गरेको भए पनि अन्तिम समयमा पार्टीका नेता-कार्यकर्ता निराश नहुन् भन्ने उद्देश्यले फेरि उम्मेदवारी दिएको दाबी गरेका छन् । परिणामपछि पनि सहकर्मीहरूको सल्लाहअनुसार चुनाव लड्ने निर्णय सही भएको महसुस भएको उनको भनाइ छ।

 

 

प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार  ११ : ०८ बजे

नेपालगन्ज भन्सारबाट तीन महिनामा पाँच अर्ब २४ करोड राजस्व, लक्ष्य हासिल गर्न असफल

नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन

नेपालको पर्यटन विश्वमाझ पु¥याउन ‘टिकटक’सँग पर्यटन बोर्डको सहकार्य

काठमाडौँ । नेपालका पर्यटकीय गन्तव्यलाई अन्तरराष्ट्रिय सामाजिक सञ्जाललागतय विद्युतीय माध्यमबाट

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक

सिक्टा सिँचाइ आयोजनाद्वारा उपभोक्ता किसानको लगत सङ्कलन

नेपालगन्ज । निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिञ्चित क्षेत्रका

अम्बे स्टिल कम्पनीमा पुनः आगलागी, ८ मजदुर घाइते, २ जनाको अवस्था गम्भीर

नेपालगन्ज । अघिल्लो पटक आगलागी भएको १० औ दिनमा बाँकेको