१६ असार २०८३, मंगलबार | June 30, 2026

सीके राउतद्वारा संसदीय राजनीतिबाट सन्यास घोषणा



काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन्।

अध्यक्ष राउतले सामाजिक सञ्जालमार्फत अब पदको राजनीतिबाट टाढा रहने तर जनताको अधिकार र पहिचानका मुद्दामा संघर्ष भने निरन्तर जारी राख्ने बताएका छन् ।

राउतले आफ्नो व्यक्तिगत चाहनाविपरीत दुई पटक संसदीय निर्वाचन लडेको उल्लेख गर्दै एक पटक जित र अर्को पटक हार व्यहोरेको उल्लेख गरेका छन्। तर दुवै निर्णयप्रति आफू सन्तुष्ट रहेको उनको भनाइ छ।

अब संसदीय वा पदको राजनीतिबाट विश्राम लिने तर समग्र राजनीतिबाट अलग नहुने स्पष्ट पार्दै उनले आफ्नो सिद्धान्त, एजेन्डा र जनअधिकारका लागि संघर्ष निरन्तर जारी रहने बताएका छन्। साथै आगामी स्थानीय तह र प्रदेश निर्वाचनका लागि पार्टीलाई तयारी गराउने र जनसेवामा सक्रिय रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

२०७९ सालको आमनिर्वाचनमा आफू प्रत्यक्ष वा समानुपातिक कुनै पनि तरिकाले उम्मेदवार नबन्ने सोच बनाएको भए पनि पार्टीका नेताहरूको आग्रहमा अन्ततः चुनाव लडेको उनले उल्लेख गरेका छन्। सो निर्णयका कारण पार्टीले प्रत्यक्षतर्फ एक सिट र समानुपातिकतर्फ पाँच सिट जित्दै राष्ट्रिय दलको हैसियत हासिल गरेको उनको दाबी छ।

राउतले २०८२ को निर्वाचन नलड्ने निर्णय पहिले नै गरेको भए पनि अन्तिम समयमा पार्टीका नेता-कार्यकर्ता निराश नहुन् भन्ने उद्देश्यले फेरि उम्मेदवारी दिएको दाबी गरेका छन् । परिणामपछि पनि सहकर्मीहरूको सल्लाहअनुसार चुनाव लड्ने निर्णय सही भएको महसुस भएको उनको भनाइ छ।

 

 

प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार  ११ : ०८ बजे

पाठ्यक्रम प्रारुप पुनरावलोकन कार्यदलले पचास हजार विज्ञसँग सुझाव सङ्कलन गर्ने

काठमाडौँ । विद्यालय तहको राष्ट्रिय पाठ्यक्रम प्रारुप पुनरावलोकन कार्यदलले पाठ्यक्रम

विदेशी पीआर लिएर सम्पर्कविहीन बनेका चार निजामती कर्मचारीलाई कारवाही गरिँदै

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र

नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

विद्युत् प्रवाहमा अवरोध हटाउन एकहजार कर्मचारी परिचारलन, गुनासो बेवास्ता गरिए कारबाही

काठमाडौँ । सरकारले विद्युत् प्रवाहमा सन्तुलन, वितरण सञ्जाल सुदृढीकरण तथा

लुम्बिनी प्रदेश सभाको एघारौं बैठक बुधबार बस्दै

दाङ । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत एघारौं बैठक बस्ने