११ फाल्गुन २०८२, सोमबार | February 23, 2026

‘सीपेक’ परियोजना ध्वंस गर्न भारतीय गुप्तचर एजेन्सी ‘रअ’ले छुट्टै सेल बनाएको पाकिस्तानको दाबी



चीन–पाकिस्तान इकोनोमिक कोरिडोर सीपेकलाई सफल हुन नदिन भारतले रअको छुटुटै सेल निर्माण गरेको पाकिस्तानले आरोप लगाएको छ ।

पाकिस्तानी विदेशमन्त्री शाह मोहम्मूद कुरैशी र पाकिस्तानी सेनाको आईएसपीआरका महानिर्देशक मेजर जनरल बाबर इफ्तिखारले संयुक्त रुपमा भारतले सीपेकलाई ध्वंस गर्न ठूलो जासुसी शक्ति प्रयोग गरेको आरोप लगाएका हुन् । उनीहरुले भारतले पाकिस्तानमा आतंकवादी गतिविधि गराएको समेत गम्भीर आरोप लगाएका छन् ।

इस्लामावादमा पत्रकार सम्मेलन गर्दै विदेशमन्त्री कुरैशीले ‘भारतले कथित रअमार्फत गरेको राज्यप्रायोजित आतंकवादी गतिविधिको पत्र, लेनदेनको अडियो एवं अन्य सबुत’ सार्वजनिक गरेका छन् ।

त्यसक्रममा उनले भने, आज हामीसँग भारतले पाकिस्तान विरुद्ध गरेका अकाट्य तथ्यप्रमाणहरु छन् । हामी डोजियरको माध्यमबाट राष्ट्र संघ र अन्तराष्ट्रिय समुदायको सामु पेश गर्नेछौं ।’

उनले भारतका दुई जासुसी एजेन्सी भारतीय बाह्य जासुसी एजेन्सी रिसर्च एण्ड एनालिसिस विङ्ग रअ र डिफिेन्स इन्टेलिजेन्स एजेन्सी (डीआईए)मार्फत भारतले पाकिस्तानभित्र आतंकवादीहरुलाई आर्थिक सहयोग, प्रशिक्षण र शरण दिएको दाबी समेत गरे । भारतको उद्देश्य ‘पाकिस्तानमा आतंकवाद एवं अस्थिरता फैलाउने हो, विदेशमन्त्री कुरैशीले भने ।

विदेशमन्त्री कुरैशीले कराँची, लाहौर र पेशावर नोभेम्बर र डिसेम्बरमा भारतको निशाना बन्नसक्ने दाबी समेत गरे । त्यसका लागि भारतीय अधिकारीले चारपटक आतंकवादी संगठनहरुसँग भेट गरेको उनले दाबी गरे ।

पाकिस्तानमा आतंकवादी गतिविधिलाई बढावा दिन भारतले २२ विलियन रुपैयाँ वितरण गरेको समेत विदेशमन्त्री कुरैशीले दाबी गरेका छन् ।

यो सबै सीपेकलाई सफल हुन नदिने रहेको उनले जिकिर गरे । चीनको सहयोगमा बन्दै गरेको सीपेक पाकिस्तानी विकासको गेमचेन्जर परियोजना मानिएको छ भने चीनको बेल्ट एण्ड रोड इनिसियटिभ बीआरआई अन्तर्गतको फ्ल्यागसिप प्रोजेक्ट समेत हो । भारतले सार्वजनिक रुपमै सीपकेको विरोध गर्दैआएको छ ।

सीपेक नष्ट गर्न रअले बनाएको जासुसी सेललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रत्यक्ष मोनिटरिङ गरिरहेको पनि पाकिस्तानी विदेशमन्त्री कुरैशीले जनाएका छन् । प्रधानमन्त्री मोदीकै रेखदेखमा त्यो सेल बनाइएको छ । सीपेकलाई ध्वंस गर्न ७०० जनाको शक्तिशाली मिलिसिया युनिट बनाएको पनि उनले दाबी गरेका छन् ।

भारतले जतिसुकै प्रयत्न गरेपनि पाकिस्तान आफ्नो देशभित्रको सुरक्षा अवस्था मजबुद बनाउन सक्षम रहेको विदेशमन्त्री कुरैशीले जनाएका छन् ।

पत्रकार सम्मेलनमा डीजी आईएसपीआर जनरल इफ्तिखारले बलुच लिवरेशन फ्रन्ट (बीएलएफ) र बलूचिस्तान लिबरेशन आर्मीे (बीएलए) ग्वादरस्थित पीसी होटल आक्रमणमा संलग्न रहेको दाबी गरे । सो हमला रअका अधिकारी अनुराग सिंहले बनाएको पनि उनले दाबी गरे । गवादर होटलमा आक्रमणका लागि भारतले ५ लाख दिएको पनि उनले दाबी गरे । सो आक्रमणमा डाक्टर अल्लाह नज़रले आतंकवादी एवं रअका बीच संचार सम्बन्ध मिलाउने काम गरेको उनले दाबी गरे । -एजेन्सी

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  ५ : २० बजे

दाङमा बस दुर्घटना, ७ जना घाइते

तुलसीपुर । दाङमा बस दुर्घटना हुँदा ७ जना घाइते भएका

धादिङ बस दुर्घटनाको छानबिन गर्न जाँचबुझ समिति गठन

काठमाडौं । धादिङमा गएराति भएको बस दुर्घटनाको सन्दर्भमा गृहमन्त्री ओमप्रकाश

मतदाता शिक्षालाई कसरी प्रभावकारी बनाउने ?

काठमाडौँ । प्रजातन्त्र या लोकतन्त्रमा जनताले छानेका व्यक्तिहरूले मात्र जनतामाथि

सिन्धुलीको मरिणमा नेपाली-चिनियाँ कामदारबीच झडप, सात जना घाइते

काठमाडौं । सिन्धुलीको मरिण गाउँपालिकामा निर्माणाधीन राँगाको मासु प्रशोधन उद्योगमा

संयोजक प्रचण्डद्वारा धादिङ दुर्घटनाका घाइतेको प्रभावकारी उपचार गर्न आग्रह

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले धादिङमा