३ पुस २०८२, बिहिबार | December 18, 2025

मंसिर ३ गते तोकिएको नेकपा बैठक पुनः अनिश्चित, ओलीका प्रेस सल्लाहकार थापा भन्छन् – अबका बैठक निरर्थक



काठमाडौं । मंसिर ३ गते पुनः बैठक बस्ने गरी शुक्रबार सकिएको नेपाल कम्युनिष्ट पार्टी [नेकपा]को बैठक अनिश्चित देखिएको छ ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना प्रेस सल्लाहकार सुर्य थापामार्फत प्रचण्डको राजनीतिक प्रस्ताव फिर्ता नगरी बैठक नहुने सन्देश दिएका छन् । यससँगै लामो विवादपछि बसेको सचिवालय बैठकको निरन्तरता अनिश्चित देखिएको हो ।

प्रेस सल्लाहकार थापाले अध्यक्ष प्रचण्डले सचिवालय बैठकमा पेश गरेको प्रस्तावलाई अनधिकृत, गैरजिम्मेवार, अनैतिक, भ्रमको पुलिन्दा र तथ्यको नांगो भ्रष्ट्रीकरण भएको आरोप लगाएका छन् । प्रस्ताव फिर्ता नगरेसम्म नेकपाका कुनै पनि तहका बैठक र छलफल गर्ने त के सम्वाद् पनि शत्रुवत् र निरर्थक बन्ने टिप्पणी थापाले गरेका छन् ।

थापाले सामाजिक सञ्जालमा पोष्ट गर्दै पार्टी विधान, परम्परा, अभ्यास र दुबैजना अध्यक्षको सहमतिमा मात्रै कुनै पनि प्रस्ताव तयार भएर प्रस्तुत हुने पछिल्लो स्थायी समिति बैठकले समेत गरेको निर्णयको प्रचण्डको एकल प्रस्तावले ठाडो उल्लंघन गरेको जिकिर गरेका छन् । ‘यस्तो लाञ्छनापत्रमाथि कमसेकम पार्टी कमिटीहरूमा छलफल हुनसक्दैन’, उनले लेखेका छन् ।

प्रधानमन्त्रीले लगातार बैठक बसाल्न र बैठकमा सहभागी हुन आनाकानी गरिरहेका बेला सल्लाहकारमार्फत सार्वजानिक भएको अभिव्यक्तिले नेकपा बैठक पुनः अनिश्चित भएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  ५ : २३ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका