२ चैत्र २०८२, सोमबार | March 16, 2026

मंसिर ३ गते तोकिएको नेकपा बैठक पुनः अनिश्चित, ओलीका प्रेस सल्लाहकार थापा भन्छन् – अबका बैठक निरर्थक



काठमाडौं । मंसिर ३ गते पुनः बैठक बस्ने गरी शुक्रबार सकिएको नेपाल कम्युनिष्ट पार्टी [नेकपा]को बैठक अनिश्चित देखिएको छ ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना प्रेस सल्लाहकार सुर्य थापामार्फत प्रचण्डको राजनीतिक प्रस्ताव फिर्ता नगरी बैठक नहुने सन्देश दिएका छन् । यससँगै लामो विवादपछि बसेको सचिवालय बैठकको निरन्तरता अनिश्चित देखिएको हो ।

प्रेस सल्लाहकार थापाले अध्यक्ष प्रचण्डले सचिवालय बैठकमा पेश गरेको प्रस्तावलाई अनधिकृत, गैरजिम्मेवार, अनैतिक, भ्रमको पुलिन्दा र तथ्यको नांगो भ्रष्ट्रीकरण भएको आरोप लगाएका छन् । प्रस्ताव फिर्ता नगरेसम्म नेकपाका कुनै पनि तहका बैठक र छलफल गर्ने त के सम्वाद् पनि शत्रुवत् र निरर्थक बन्ने टिप्पणी थापाले गरेका छन् ।

थापाले सामाजिक सञ्जालमा पोष्ट गर्दै पार्टी विधान, परम्परा, अभ्यास र दुबैजना अध्यक्षको सहमतिमा मात्रै कुनै पनि प्रस्ताव तयार भएर प्रस्तुत हुने पछिल्लो स्थायी समिति बैठकले समेत गरेको निर्णयको प्रचण्डको एकल प्रस्तावले ठाडो उल्लंघन गरेको जिकिर गरेका छन् । ‘यस्तो लाञ्छनापत्रमाथि कमसेकम पार्टी कमिटीहरूमा छलफल हुनसक्दैन’, उनले लेखेका छन् ।

प्रधानमन्त्रीले लगातार बैठक बसाल्न र बैठकमा सहभागी हुन आनाकानी गरिरहेका बेला सल्लाहकारमार्फत सार्वजानिक भएको अभिव्यक्तिले नेकपा बैठक पुनः अनिश्चित भएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  ५ : २३ बजे

दुई छोराछोरीसहित आमा सम्पर्कविहीन

कर्णाली । सुर्खेतको गुर्भाकोट नगरपालिका-११ पिप्ले गाउँकी माया कठायत दुई

वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

काभ्रेपलाञ्चोक । पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको हाल स्थायी रूपमा

बागमती प्रदेश सरकारको आठ महिनाको खर्च १७ दशमलव १२ प्रतिशत

बागमती । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को

नवलपरासी कारागारका १८० कैदी अझै फरार

नवलपरासी । ‘जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न तनावग्रस्त परिस्थितिका कारण नवलपरासी

म्याग्दीको रणवाङ-दरवाङ खण्डको सडक अलपत्र

म्याग्दी । म्याग्दीको बेनी–दरबाङ सडक आयोजनाअन्तर्गत तेस्रो (रणवाङ–दरवाङ) खण्ड अलपत्र